लोक सेवा पढ्न सुर्खेत पुगेका अछामका युवक मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्।

अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र रोकाया वीरेन्द्रनगर–८ स्थित नवीनकुमार केसीको घरमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रोकाया बिहीबार बिहान आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए। उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा सोको  सहितको प्रहरी टोली परिचालन गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिए।
रोकाया विगत एक वर्षदेखि लोक सेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

चौरपाटी–५ मा प्लास्टिकमुक्त वडा निर्माणको प्रतिबद्धता, घरबाटै परिवर्तन थाल्न जोड

असोज २५ अछाम चौरपाटी गाउँपालिका–५ मा प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी

वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रूपान्तरणमा जोड

अछाम असोज २४  सामाजिक रूपान्तरणका क्षेत्रमा पहुँच र सिर्जनाका लागि सहकार्य (वाक नेपाल) को २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम अछामको

बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ स् शिक्षा र आयआर्जनमा जोड

अछाम भाद्र २५  वल्र्ड भिजन इन्टरनेसनल नेपाल, वाक नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो

↑