चौरपाटी–५ मा प्लास्टिकमुक्त वडा निर्माणको प्रतिबद्धता, घरबाटै परिवर्तन थाल्न जोड
असोज २५ अछाम
चौरपाटी गाउँपालिका–५ मा प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी स्थानीयले प्लास्टिकको प्रयोग घटाउँदै प्लास्टिकमुक्त वडा निर्माणलाई अभियानकै रूपमा अघि बढाउने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
सम विकास नेपालको साझेदारीमा सञ्चालित ‘पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिला सहभागिता’ परियोजनाको सहयोग तथा चौरपाटी गाउँपालिका–५ को वडा कार्यालयको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले प्लास्टिकजन्य फोहोरले वातावरण, कृषि उत्पादन तथा मानव स्वास्थ्यमा पार्ने असर न्यूनीकरण गर्न नागरिकको व्यवहार परिवर्तन आवश्यक रहेको बताएका थिए। उनीहरूले बजार जाँदा घरबाटै कपडाको झोला लिएर जाने, पसलबाट प्लास्टिकका झोला वितरण गर्ने अभ्यास अन्त्य गर्ने, सार्वजनिक स्थानमा डस्टबिन तथा फोहोर सङ्कलनका कन्टेनर राख्ने र स्थानीय तहले स्पष्ट नीति बनाएर अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।
स्थानीय कृषक रेखा खड्काले प्लास्टिकको प्रयोगले वातावरण तथा कृषिमा पार्ने असरबारे जानकारी पाएपछि आफूले पनि यसको प्रयोग घटाउँदै लगेको बताउनुभयो। बजार जाँदा घरमै भएका झोला तथा वैकल्पिक सामग्री प्रयोग गर्ने गरेको उल्लेख गर्दै उहाँले प्लास्टिकजन्य फोहोरले वातावरण र कृषि क्षेत्रमा पार्ने असरप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो।

वडा स्तरीय महिला सञ्जालकी अध्यक्ष एशोदा खड्काले प्लास्टिकमुक्त वडा निर्माणका लागि प्रत्येक नागरिकले आफ्नै घरबाट पहल गर्नुपर्ने बताउनुभयो । अत्यावश्यक अवस्थामा बाहेक प्लास्टिकको प्रयोग नगर्ने, जथाभावी फोहोर नफाल्ने र वातावरण संरक्षणसम्बन्धी सचेतना समुदायस्तरसम्म पु¥याउनुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, स्थानीय व्यवसायी अनिता खड्काले कतिपय अवस्थामा प्लास्टिकको प्रयोग अपरिहार्य हुने भए पनि यसको प्रयोग न्यूनीकरण र उचित व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । प्लास्टिकको विकल्पको प्रयोग बढाउनुका साथै प्रयोग भइसकेका सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।
चौरपाटी गाउँपालिका–५, लुग्राका निवर्तमान वडा अध्यक्ष टेकबहादुर खड्काले वातावरण संरक्षणका लागि सबै नागरिकले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले प्लास्टिकको सट्टा कपडाका झोला तथा अन्य वातावरणमैत्री विकल्प प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सहभागीहरूले प्लास्टिकजन्य फोहोर नियन्त्रणका लागि स्थानीय सरकार, व्यवसायी, महिला सञ्जाल, कृषक तथा समुदायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् । उनीहरूले व्यक्तिगत व्यवहारमा परिवर्तन, सार्वजनिक स्थानमा फोहोर व्यवस्थापनका साधनको उपलब्धता र स्थानीय तहको प्रभावकारी नीतिमार्फत प्लास्टिकमुक्त वडा निर्माणको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रूपान्तरणमा जोड
अछाम असोज २४ सामाजिक रूपान्तरणका क्षेत्रमा पहुँच र सिर्जनाका लागि सहकार्य (वाक नेपाल) को २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम अछामको
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ स् शिक्षा र आयआर्जनमा जोड
अछाम भाद्र २५ वल्र्ड भिजन इन्टरनेसनल नेपाल, वाक नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो
साँफेबगरमा महिला पैरवी समूहका लागि एकदिने कार्यशाला
साँफेबगर । करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त आयोजनामा सञ्चालित गरिमा

प्रतिकृया दिनुहोस