वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रूपान्तरणमा जोड
अछाम असोज २४
सामाजिक रूपान्तरणका क्षेत्रमा पहुँच र सिर्जनाका लागि सहकार्य (वाक नेपाल) को २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम अछामको साँफेबगरमा सम्पन्न भएको छ।
वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकासमन्त्री मेघराज खड्का रहनुभएको थियो।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री खड्काले समाज परिवर्तन भनेको भौतिक विकास मात्र नभई मानवीय विकास पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । समाजमा विद्यमान कुरीति, कुसंस्कार, विभेद, असमानता र पछौटेपनको अन्त्य गर्दै समानता, न्याय, समावेशिता, मानव अधिकार र सामाजिक सद्भावमा आधारित समाज निर्माण गर्नु नै वास्तविक सामाजिक रूपान्तरण भएको उहाँको भनाइ थियो। यस कार्यमा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले विपन्न समुदायको उत्थान, आयआर्जनका कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि तथा विकास निर्माणका क्षेत्रमा वाक नेपालले जिल्लामा सकारात्मक छाप छोड्न सफल भएको बताउनुभयो।
साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर (शिलोज) ले राज्यका सेवा तथा अवसरबाट पछाडि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा सीमान्तकृत समुदायको आवाज उठाउन सरकार र गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक रहेको औँल्याउनुभयो।
अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले गरिबी, विपन्नता, अन्याय र जोखिममा रहेका बालबालिका, महिला तथा पछाडि परेका समुदायको जीवनस्तर सुधारमा वाक नेपालको सहयोग महत्वपूर्ण रहेको आफूले पाएको बताउनुभयो। संस्थाले पूरा गर्नुपर्ने जिम्मेवारी निर्वाह गर्ने दिशामा वाक नेपालले काम गरेको आफूले अनुभव गरेको उहाँको भनाइ थियो।
बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष विन्दु रावलले वाक नेपालले सञ्चालन गरेका कार्यक्रमले समाजमा वास्तविक परिवर्तन ल्याउन सहयोग गरेको बताउनुभयो।
कार्यक्रममा सहभागी लाभग्राहीहरूले वाक नेपालबाट सञ्चालित आयआर्जन, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका कार्यक्रमले विपन्न समुदायको जीवनस्तर सुधार गर्न सहयोग पुगेको अनुभव सुनाएका थिए । यस्ता कार्यक्रमबाट सीप विकास, आयआर्जनका अवसर, सामाजिक सचेतना तथा आधारभूत सेवामा पहुँच विस्तार गर्न सहयोग मिलेको उनीहरूको भनाइ थियो। लाभग्राहीहरूले संस्थाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरूको जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरले संस्थाले सबैको आर्थिक समुन्नतिमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले काम गर्दै आएको बताउनुभयो। उहाँले सहभागीहरूले दिएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय तहलाई सहयोग गर्न तथा विकास निर्माणका कार्यमा साझेदारका रूपमा काम गर्न वाक नेपाल तयार रहेको पनि उहाँले बताउनुभयो ।
२९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख सीमा थापा, घरेलु तथा साना उद्योग विकास कार्यालयका चेतराज पनेरु, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। सामाजिक परीक्षणमार्फत संस्थाका गतिविधि, उपलब्धि र सेवाप्रवाहको समीक्षा गर्दै सरोकारवालाहरूबीच सुझाव आदानप्रदान गरिएको थियो ।
सामाजिक परीक्षण कार्यक्रममा वाक नेपालका व्यवस्थापक टेकबहादुर थापाले आर्थिक वर्ष २०८२÷०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष २०८२÷०८३ को आय तर्फ १२ करोड ९२ लाख ८३ हजार र व्यय तर्फ ११ करोड ५६ लाख ४४ हजारको प्रस्तुत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष अप्सरा कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुरतबहादुर खड्काले गर्नुभएको थियो ।
चौरपाटी–५ मा प्लास्टिकमुक्त वडा निर्माणको प्रतिबद्धता, घरबाटै परिवर्तन थाल्न जोड
असोज २५ अछाम चौरपाटी गाउँपालिका–५ मा प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
अछाम भाद्र २५ वल्र्ड भिजन इन्टरनेसनल नेपाल, वाक नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो
साँफेबगरमा महिला पैरवी समूहका लागि एकदिने कार्यशाला
साँफेबगर । करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त आयोजनामा सञ्चालित गरिमा

प्रतिकृया दिनुहोस