देविस्थानको भिर्कुका २९ जनालाई पोषण तथा सरसफाई सामग्री वितरण

असार ११ अछाम
 साँफेबगर नगरपालिका ११ देविस्थानको भिर्कु टोलका २९ जनालाई पोषण तथा सरसफाई सामग्रीहरु वितरण गरिएको छ। नगरको बहुक्षेत्रीय पोषण योजना पोषण प्रवद्र्धन  सम्बन्धी अभिमुखीकरण तथा पोषण, सरसफाई सामग्री वितरण गरिएको हो। जस्मा ४ जना सुनौला हजार दिनका आमा र किसोर किशोरी लगाएत अन्य परिकारका २५ जनालाई सामग्री वितरण गरिएको हो । 
  पोषणमा सुनौला हजार दिनका ४ आमालाई अण्डा, खाने तेल, आयोडिन नुन, तरकारीका बिउ, सामग्रीमा हजारी स्प्रे दिएको छ । किसोर किशोरी लगाएत अन्य परिकारलाई साबुन, कोलगेट, ब्रुस, हार्पिक, जेब्रा ब्याग, नेलकट र ट्वाईलेट सफा गर्ने ब्रुस बितरण गरीएको नगरको पोषण शाखाका फोकल पर्सन चेतन गन्र्धवले जानकारी दिनुभयो । 
  सामग्री पाएपछि आगामी दिनमा नगरपालिकाबाट प्राप्तसामग्रीको सही सदुपयोग गर्नुका साथै सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्ने स्थानिय महिला साधना बोहराले बताउनुभयो । अर्का महिला रतन बोहोराले नग भौगोलिक हिसावले विकट ठाँउ भए पनि आफनो टोलमा पोषणका लागी स्थानिय रैथाने बाली, तरकारीहरु धेरै उत्पादन हुन गरेकोे भन्दै नजिकै बजार नहुदा समस्या हुने गरेको दुखेसो पोख्नु भयो । बजारको लागी सरकारले गाडीको व्यवस्था गरिदिदा व्यवसायिक रुपमा कृषि खेति गर्न हौसला प्रदान हुने बोहोराको भनाई रहेको छ ।
वडा नम्बर ११ देविस्थानका अध्यक्ष राम बहादुर बोहराको अध्यक्षतामा सामा्रगी बितरण गरीएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बोहराले नगरपालिकाले गरेको सामाग्रीले व्यक्तिको व्यवहार परिवर्तनमा सहगोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । विकट क्षेत्रका बासिन्दाहरु राज्यका विभिन्न सेवा सुविदाबाट बञ्चित हुनु पर्ने अवस्था अहिले पनि रहेको बताउदै यो समस्यालाई ध्यान दिदै आफनो वडाको विकट वस्ति भिर्कु टोलका महिला तथा बालबालिकाको पोषण र सरसफाइमा सुधार ल्याउनका लागी सामग्री वितरण गरि दिएकोमा वडा अध्यक्ष बोहोराले धन्यवाद व्यक्त गर्नुभयो । 
 कार्यक्रममा बोल्दै नगरपालिका पञ्जीकरण शाखाका प्रमुख देवसरा थापाले ८० प्रतिशत मानसिक विकास बच्चा गर्भमा रहेदेखि दुई वर्षको अवधीमा हुने भएकाले गर्भवति र सुत्केरी महिलालाई पोषणमा विशेष ध्यान दिन सुझाव दिईन् । साथै उनले सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित नहुनका लागी आफना व्यक्तिगत घटनाहरु समयमै दर्ता गराउन समेत आग्रह गर्नुभयो । 
सुनौला हजार दिनका आमा र वच्चाको स्वास्थ्य तथा पोषणमा सुधार र सरसफाईका  सुधार ल्याउर्ने उद्देश्यले सामाग्र बितरण गरेको नगरको पोषण शाखाका फोकल पर्सन चेतन गन्र्धवले जानकारी दिनुभयो । कार्यक्रममा महिला स्यंमसेविका कलादेवि बोहरा लगाएत स्थानियबासीको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।

साँफेबगर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

अछाम, असार ७   साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। आइतबार बसेको नगरसभाको

चौरपाटीमा खाद्य अधिकार सञ्जाल गठन

जेठ १५ अछाम चौरपाटी गाउँपालिकामा खाद्य अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित पालिका स्तरीय खाद्य अधिकार सञ्जाल गठन गरिएको छ । पालिका स्तरीय महिला