साँफेबगर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

अछाम, असार ७  
साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। आइतबार बसेको नगरसभाको पन्ध्रौं अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगर उपप्रमुख शिवबहादुर कुँवरले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन तथा आयआर्जनलाई प्राथमिकतामा राखिएको छ।

कृषि तथा पशुपन्छी विकासतर्फ नगरभित्रका किसानहरूको डिजिटल सूचीकरण गरी किसान परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ। मुख्य कृषि पकेट क्षेत्र, सुन्तला तथा अमिलो जातका फलफूल उत्पादन हुने क्षेत्रलाई मध्यपहाडी लोकमार्ग र साँफेबगर बजारसँग जोड्न “कृषि आर्थिक पहुँच मार्ग” का रूपमा बहुउपयोगी सडक निर्माण तथा स्तरोन्नति गरिने नीति लिइएको छ। 
 साथै बेसार तथा अदुवा खेती प्रवद्र्धनका लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

उद्योग, उद्यमशीलता तथा रोजगारअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका युवा तथा रैथाने सीप भएका जनशक्तिलाई स्वरोजगारमूलक उद्यम सञ्चालन गर्न प्रोत्साहन गरिने भएको छ।
पर्यटन विकासतर्फ आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथ निर्माणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।
 सामाजिक विकास अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। “हाम्रा बा–आमा, हाम्रो गौरव” कार्यक्रममार्फत ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर आधारभूत तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने भएको छ। महिलाहरूको आर्थिक आत्मनिर्भरताका लागि “नगर महिला उद्यमशीलता कार्यक्रम” सञ्चालन गरिने जनाइएको छ।

युवालाई प्रशासनिक तथा व्यावहारिक अनुभव प्रदान गर्न स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत वा परीक्षा दिएर बसेका इच्छुक विद्यार्थीलाई नगरपालिकाका विभिन्न शाखामा इन्टर्नसिपको अवसर प्रदान गरिनेछ। साथै युवा नमुना संसद सञ्चालन गरिने र सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने ५÷५ जना दलित तथा छात्रा विद्यार्थीलाई प्रोत्साहन उपलब्ध गराइने नीति लिइएको छ।

पूर्वाधार विकासतर्फ “शून्य–दिन खरिद नीति” लागू गर्दै असार मसान्तमा बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गर्न साउन महिनादेखि नै ठेक्का तथा खरिद प्रक्रिया सुरु गरिने भएको छ। बुढीगंगा लगायतका मुख्य नदी तथा खोलाको तटीय क्षेत्रमा बाँस, बेत र खयर जस्ता प्रजातिको वृक्षारोपण गरिने तथा निजी क्षेत्र र समुदायको सहकार्यमा एकीकृत फोहोरमैला व्यवस्थापन प्रणाली विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

नगरसभाको बैठकमा सभा अध्यक्ष राजेन्द्रबहादुर कुँवरले नीति तथा कार्यक्रममाथि धारणा राख्न चाहने नगरसभा सदस्यलाई बोल्ने अवसर प्रदान गर्नुभएको थियो । सदस्यहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको जवाफ नगर उपप्रमुख शिवबहादुर कुँवरले दिनुभएको थियो । 
 उठेका प्रश्नहरूको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो ।  नगरसभाका सम्पूर्ण सदस्यहरूको सहमतिमा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको नगरपालिकाले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।

चौरपाटीमा खाद्य अधिकार सञ्जाल गठन

जेठ १५ अछाम चौरपाटी गाउँपालिकामा खाद्य अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित पालिका स्तरीय खाद्य अधिकार सञ्जाल गठन गरिएको छ । पालिका स्तरीय महिला

साँफेबगरमा ‘मेयरसँग बाल संवाद’ : बालबालिकाले जनप्रतिनिधिसामु राखे बालविवाहदेखि विद्यालय पूर्वाधारसम्मका सवाल

जेठ १२ अछाम साँफेबगर नगरपालिकामा बालबालिकासँग जनप्रतिनिधिको खुला संवाद कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार, सहभागिता र सुरक्षित भविष्यका विषयमा