चौरपाटीमा खाद्य अधिकार सञ्जाल गठन

जेठ १५ अछाम
चौरपाटी गाउँपालिकामा खाद्य अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित पालिका स्तरीय खाद्य अधिकार सञ्जाल गठन गरिएको छ । पालिका स्तरीय महिला सञ्जालका अध्यक्ष क्षेत्र खड्काको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरिएको हो ।
सञ्जालको सचिवमा दलित सञ्जालका अध्यक्ष नवराज विक चयन भएका छन् । सदस्यहरूमा पत्रकार तपेन्द्र कुँवर, मालिका विकास संघको प्रतिनिधि, हरि थापा, पदमबहादुर साउद, कौशी भूल, सरिता हुड्के, महेश्वरी नगर्ज तथा उर्मिला साउद रहेका छन् ।
सञ्जाल गठन कार्यक्रमका सहभागीहरूले खाद्य अधिकार नागरिकको आधारभूत अधिकार भएकाले स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका छन् । विशेषगरी विपन्न, दलित, महिला तथा सीमान्तकृत समुदायलाई खाद्य पहुँच, पोषण र सुरक्षित जीवनयापनमा सहयोग पुग्ने गरी सञ्जालले काम गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सम विकास नेपालद्वारा सञ्चालित “वि–क्यान परियोजना” का संयोजक बम भट्टले समुदायस्तरमा खाद्य असुरक्षा, कुपोषण तथा चेतनाको कमी अझै चुनौतीका रूपमा रहेकाले सञ्जाल गठनले नागरिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
भट्टले स्थानीय उत्पादनको संरक्षण, कृषिमा आत्मनिर्भरता, पोषणमैत्री बानीको विकास तथा सरकारी सेवामा नागरिकको पहुँच विस्तार गर्न सञ्जालले निगरानी र सहजीकरणको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउदले खाद्य अधिकारलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले कृषि उत्पादन वृद्धि, सिंचाइ, बीउबिजन, पशुपालन तथा पोषणसम्बन्धी कार्यक्रममार्फत नागरिकको जीवनस्तर सुधारमा ध्यान दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष साउदले गाउँपालिकामा गठन भएको खाद्य अधिकार सञ्जालले स्थानीय सरकारलाई नीति तथा कार्यक्रम प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस

चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।

साँफेबगर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

अछाम, असार ७   साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। आइतबार बसेको नगरसभाको

साँफेबगरमा ‘मेयरसँग बाल संवाद’ : बालबालिकाले जनप्रतिनिधिसामु राखे बालविवाहदेखि विद्यालय पूर्वाधारसम्मका सवाल

जेठ १२ अछाम साँफेबगर नगरपालिकामा बालबालिकासँग जनप्रतिनिधिको खुला संवाद कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार, सहभागिता र सुरक्षित भविष्यका विषयमा