जनप्रिय एफएमको १४ औं वार्षिकोत्सव एवंम् शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

असोज १७ अछाम
सामुदायिक सन्चार विकास तथा अध्ययन केन्द्रद्वारा सञ्चालित रेडियो जनप्रिय एफएमको १४ औं वार्षिकोत्सव एवंम् दशै तिहारको शुभकामना आदनप्रदान कार्यक्रम साँफेबगर सम्पन्न भएको छ । सामुदायिक सन्चार विकास तथा अध्ययन केन्द्रद्वारा सञ्चालित रेडियो जनप्रिय एफएमका कार्वाहक अध्यक्ष वमबहादुर रावलको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री एवंम् प्रतिनिधि सभा सदस्य अछाम निर्वाचन क्षेत्र नं.१ सांसद शेरबहादुर कुँवर रहनु भएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै सासद कुँवरले अछामका महत्वपूर्ण विषयमा रेडियो जनप्रिय वहस सुरुवात गरेकोमा धन्यवाद दिनुभयो । उहाँले यहाँका महत्वपूर्ण योजना सेति लोकमार्ग, वुढीगंगा जलविद्यतु आयोजना, वयलपाटा अस्पताल लगायतका विकास निर्माण कार्यको सम्पन्नको लागि सवैले दवाव दिनु पर्नेमा जोड दिनुभयो । संसदबाट आफूले दवाव दिदै आएको बताउँदै सडकबाट जनताको साथ हुनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 
 

कार्यक्रममा विशिष्ट अतिथि सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले वयलपाटा अस्पतालको समस्या समाधानको लागि आफू गम्भिर रहेको धारणा व्यक्त गर्नुभयो । वयलपाटा अस्पताललाई वन्द हुन नदिने पनि आश्वासन दिनुभयो । उहाँले वयलपाटा अस्पताललाई राजनीतिक विषय बनाउन नहुनेमा जोड दिनुभयो । 


कार्यक्रममा विशिष्ट जिल्ला विकास समितिका पूर्व सभापति भरत कुमार स्वाँरले अछामका महत्वपूर्ण विषयमा वोल्दै कसैलाई पनि विरोधी सोच्न नहुने धारणा व्यक्त गर्नुभयो । यहाँका महत्वपूर्ण सवालका वारेमा जनप्रतिनिधिलाई दवाव दिन नागरिकको दायित्व भएको उहाँको भनाई रहेको छ । उहाँले रेडियो जनप्रिय एफएमका कार्यक्रम लोकप्रिय रहेको धारणा व्यक्त गर्नुभयो । आफू अन्य एफएम भन्दा जनप्रिय रेडियो नै दैनिक रुपमा सुन्दै आएको बताउनुभयो । 


साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफूले जनताको पक्षमा काम गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाको गुण र दोषका आधारमा समर्थन र विरोध हुनु पर्नेमा जोड दिनुभयो । यस्तै उहाँले रेडियो  जनप्रिय एफएमले समय सुहाउदो कार्यक्रम सञ्चालन गर्दै आएको धारणा व्यक्त गर्नुभयो ।  उहाँले महिलाको हक अधिकारीको लागि तिज विशेष कार्यक्रम देखि शिक्षा क्षेत्रमा पनि नयाँ कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनुभएको छ । 
  शुभकामना आदनप्रदान कार्यक्रममा वोल्दै सहभागिले रेडियो जनप्रिय एफएमले विकास निर्माणका कार्यदेखि जनप्रतिनिधिलाई जिम्मेवार बनाउने काम गदै आएकोमा बताउनुभयो । विकास र सुशासनमा जनप्रिय एफएमले महत्वपुर्ण  भूमिका खेलेको बताए । रेडियो जनप्रिय एफएमले स्थानीय भाषा, परम्परा र संस्कृतीको उठानमा सहयोग गर्दै सञ्चार क्षेत्रको विकास र प्रर्वद्धन गर्नु पर्नेमा जोड दिए। जनतामाझ लोकप्रिय रहेको रेडियोको घर निर्माणको लागि सवैले सहयोग गर्नुपर्नेमा सहभागिले धारणा व्यक्त गरेका थिए । 
  वार्षिकोत्सव एवंम् दशै तिहारको शुभकामना आदनप्रदान कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिवबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी नायव उपरिक्षक ईश्वरी भण्डारी, जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर, नेपाली कांग्रेसका जिल्ला उपसभापति अर्जुन ताम्रकार, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य रमेश कुँवर, एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष विर्मलादेवि वुड्थापा, विप्लव निकट नेकपा माओवादीका नेता निरक शाही, युवा नेता राजन कुँवर लगायतको सहभागिता रहेको थियो । 
   सामुदायिक सन्चार विकास तथा अध्ययन केन्द्रद्वारा सञ्चालित रेडियो जनप्रिय एफएमका सञ्चालक समितिका सदस्य कृष्ण विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

अछाम साहित्य उत्सव ः रामारोशनका विविध पक्षबारे मन्थन

अछाम अछाम गजल मंचको आयोजनामा भएको साहित्य उत्सवमा रामारोशनका विविध पक्षबारे मन्थन गरिएको छ । रामारोशनको पर्यटन प्रवद्र्धनको लागि नारा दिएको

वैद्यनाथ धाम पर्यटन विकास समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति

चैत ७ अछाम वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको

राखेप वोर्डे सदस्य कुँवरलाई अभिनन्दन

असोज १ अछाम साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरलाई सोमबार अभिनन्दन गरिएको