राखेप वोर्डे सदस्य कुँवरलाई अभिनन्दन

असोज १ अछाम
साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरलाई सोमबार अभिनन्दन गरिएको छ। वडा नं.९ स्थित वुढाकोट माविले राखेप वोर्डे सदस्य कुँवरले पु¥याएको योगदानको सम्मान स्वरुप अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रर्व थापाले जानकारी दिनुभयो । कुँवरले समाजसेवाका माध्यमबाट असहाय र विपन्न नागरिकको दुःख, पिर हटाउन लामो समय क्रियाशील रहँदै आउनु भएको छ । उहाँले वुढाकोट माविका दुई सय जना विद्यार्थीलाई तीन लाख रुपैया वरावरको ट्याकसुट वितरण गर्नुभएको छ ।
   अभिनन्दन कार्यक्रममा वोल्दै राखेप वोर्डे सदस्य कुँवरले आफूलाई यो सम्मानले थप जिम्मेवार बनाएको बताउनुभयो । आफूले अध्ययन गरेको विद्यालयमा सामाजिक कार्य गर्न पाउँदा खुसी लागेको बताउँदै आगामि दिनमा पनि आर्थिक अवस्था कमजोर समुदाय एवंम् विपन्न विद्यार्थीलाई सहयोग निरन्तर रहने धारणा व्यक्त गर्नुभयो । 
   अभिनन्दन कार्यक्रममा साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोज, नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिनबहादुर कुँवर, एकिकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हिक्मत कुँवर, वडा अध्यक्ष दिपक कुँवर राजनीतिक दलका नेता कार्यकर्ता, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

अछाम साहित्य उत्सव ः रामारोशनका विविध पक्षबारे मन्थन

अछाम अछाम गजल मंचको आयोजनामा भएको साहित्य उत्सवमा रामारोशनका विविध पक्षबारे मन्थन गरिएको छ । रामारोशनको पर्यटन प्रवद्र्धनको लागि नारा दिएको

वैद्यनाथ धाम पर्यटन विकास समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति

चैत ७ अछाम वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको

जनप्रिय एफएमको १४ औं वार्षिकोत्सव एवंम् शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

असोज १७ अछाम सामुदायिक सन्चार विकास तथा अध्ययन केन्द्रद्वारा सञ्चालित रेडियो जनप्रिय एफएमको १४ औं वार्षिकोत्सव एवंम् दशै तिहारको शुभकामना