वैद्यनाथ धाम पर्यटन विकास समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति
चैत ७ अछाम
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णयले साँफेबगर नगरपालिका वडा नं.७ रिडिकोट निवासी भाटलाई अध्यक्षमा नियुक्ति गरेको छ । भाटले यस अघि वैद्यनाथ क्षेत्र विकास संस्थाको सहअध्यक्ष भएर काम गरिसक्नु भएको छ ।
यस्तै समितिको सदस्यमा साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथका लक्ष्मि शाह, पूर्णनाथ योगि, वडा नं.४ मष्टमान्डौका समुन्द्रा लुहार, वडा नं.५ नवाठानाका नैन सिंह थलारी, वडा नं.९ वुढाकोटका पुष्पराज भट्ट, चौरपाटी गाउँपालिका वडा नं.४ पायलका मोहन वोहरा, वडा नं.५ लुंग्राका पूर्ण खड्का नियुक्ति हुनुभएको छ । समितिको कार्यकारी निर्देशकमा अहिलेका कार्यकारी भरत कुँवर नियुक्ति भएका छन्।
नवनियुक्ति अध्यक्ष गोकुल भाटले वैद्यनाथ क्षेत्रको धार्मीक तथा पर्यटन क्षेत्रको विकासको लागि आफूले पहल गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले वैद्यनाथ क्षेत्रलाई नेपालका चार धामको रुपमा चिनाउनको लागि समेत आफ्नो कार्यकालमा पहल हुने धारणा व्यक्त गर्नुभयो । यस्तै उहाँले वुढीगंगा नदीको कटानको जोखिममा रहेको वैद्यनाथ क्षेत्रलाई बचाउनको लागि पहल गरिन बताउनुभयो ।
अछाम साहित्य उत्सव ः रामारोशनका विविध पक्षबारे मन्थन
अछाम अछाम गजल मंचको आयोजनामा भएको साहित्य उत्सवमा रामारोशनका विविध पक्षबारे मन्थन गरिएको छ । रामारोशनको पर्यटन प्रवद्र्धनको लागि नारा दिएको
जनप्रिय एफएमको १४ औं वार्षिकोत्सव एवंम् शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
असोज १७ अछाम सामुदायिक सन्चार विकास तथा अध्ययन केन्द्रद्वारा सञ्चालित रेडियो जनप्रिय एफएमको १४ औं वार्षिकोत्सव एवंम् दशै तिहारको शुभकामना
राखेप वोर्डे सदस्य कुँवरलाई अभिनन्दन
असोज १ अछाम साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरलाई सोमबार अभिनन्दन गरिएको

प्रतिकृया दिनुहोस