छैठौं साँफेबगरमा महोत्सवमा खर्च भन्दा आम्दानी वढी
फागुन ३०, अछाम
माघ २६ गतेदेखि फागुन ५ गतेसम्म साँफेबगर सञ्चालन भएको महोत्सवको आय–व्यय वुधवार सार्वजनिक गरिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक एवंम् लायन्स क्लव अफ साँफेबगरका अध्यक्ष कृष्ण कँवरले महोत्सवको सम्पूर्ण आय–व्यय सार्वजनिक गर्नुभएको छ । महोत्सवमा ९३ लाख ६ सय ५४ रुपैया वरावरको कारोवार भएको छ ।
महोत्सव सञ्चालनको लागि ४० लाख ५८ हजार खर्च भएकोमा ५२ लाख २४ हजार वचत भएको अध्यक्ष कुँवरले जानकारी दिनुभएको छ । स्थानीय तह र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय वित्तिय संस्था कम्पनी वाहेक २ लाख ६६ हजार ७ सय रुपैया वचत गर्न आयोजक सफल भएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । यस्तै अव, स्थानीय तह र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय वित्तिय संस्थाबाट ४९ लाख ७ हजार रुपैया उठ्न वाँकी रहेको छ ।
महोत्सवमा सवैभन्दा वढी खर्चमा कलाकारको पारिश्रमिकमा १३ लाख ९५ हजार(प्लेन टिकट सहित) टेन्ट हाउसमा ८ लाख, मायाको चिनो, ब्यानर सम्मान पत्रमा ४ लाख २० हजार, भलिवल खेलमा ५ लाख १ हजार ३ सय, भोजन÷आवासमा २ लाख ४३ हजार, यातायात र ईन्धनमा २ लाख ९५ हजार, अन्य गरी ४० लाख ५८ हजार रुपैयाँ खर्च भएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
आम्दानी तर्फ टिकट विक्रीबाट २३ लाख ५९ हजार, लायन्स सदस्यबाट ६ लाख १० हजार, अछामस्थित विभिन्न निर्माण तथा व्यवसायिबाट ३ लाख ७४ हजार, स्टलबाट २ लाख ४० हजार रुपैयाँ, साँफेबगर स्थित कम्पनीबाट १ लाख ७४ हजार, धनगढीस्थित विभिन्न कम्पनी मार्फत ३ लाख ११ हजार, पहिलो पटक रमाईलो मेलाबाट ५१ हजार, विजय कृष्णमूर्ति जी महाराजबाट ७५ हजार, आयुष सिंह ठकुरीबाट ५० हजार, कलाकारबाट व्लड वैंक स्थापनाको लागि ६३ हजार रुपैया, भलिवलबाट टिम शुल्क ४८ हजार नगद संकलन भएको कोषाध्यक्ष हिमाल कुँवरले जानकारी दिनुभयो । यस्तै स्थानीय तह र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट ४३ लाख ५० हजार रुपैया र वैंक तथा वित्तिय संस्थावाट ५ लाख ८५ हजार रुपैयाँ उठ्न वाँकी रहेको कोषाध्यक्ष कुँवरको भनाई रहेको छ ।
महोत्सवमा भएको आय–व्ययको एक एक पैशाको हिसाव राखिएको उहाँको भनाई छ । विगतमा महोत्सवबाट पाठ सिक्दै यो महोत्सवलाई ऐतिहासिक भएको धारणा व्यक्त गर्नुभयो । साँफेबगर महोत्सवले यस अघिका भ्रमलाई चिर्न यो महोत्सव नमूना योग्य बनाईने दावि गर्नुभयो ।
लायन्स क्लव अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले स्थानीय तह, सामाजिक विकास मन्त्रालय, वैक तथा वित्तिय संस्थाबाट गरिएको प्रतिवद्धताको रकम चाँडै उठ्ने दावि गर्नुभयो । उहाँले महोत्सव सम्पन्न भए लगत्तै कोटिहोम सञ्चालन भएका कारण रकम संकलनमा केही ढिलाई भएपनि उक्त रकम चाँडै संकलन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त रकमबाट यसै वर्ष महोत्सवको मुख्य उद्देश्य वयलपाटा अस्पतालमा व्लड वैंक स्थापना हुने पनि जानकारी दिनुभएको छ ।
साँफेबगर महोत्सवले होटल व्यवसायको प्रर्वद्धन, स्थानीय व्यवसायिको व्यापार व्यवसाय र नीजि क्षेत्रमा आर्थिक क्षेत्रलाई चलाएमान बनाएको संस्थापक अध्यक्ष भरत खड्काको भनाई रहेको छ । आफू सुरु देखि नै साँफेबगर महोत्सवमा सहभागि रहदै आएको बताउँदै संस्थापक अध्यक्ष खड्काले यो महोत्सवको आय–व्यस सार्वजनिकरणले आगामि दिनमा पनि निरन्तर महोत्सव आयोजना गर्ने मिलेको धारणा व्यक्त गर्नुभएको छ ।
महोत्सवले स्थानीय स्तरबाट उत्पादित कृषि उपज सामग्री, उत्पादित सामान तथा प्रदर्शनी तथा बिक्रिबाट घरेलु उद्यमीहरुलाई उत्पादित सामान बिक्री वितरणको लागि माध्यम भएको उपाध्यक्ष दिनेश कुँवरले जानकारी दिनुभएको छ । महोत्सवका बेला र सम्पन्न भए पछि यसका सकरात्मक नकरात्मक बिषयका अनेक पाटामा बजारमा चर्चा परिचर्चा हुनु स्वभाविक रहला । तर आर्थिक संकटमा रहेको वयलपाटा अस्पतालमा व्लड वैंक स्थापनाको लागि महोत्सवले एउटा आधार स्तम्भ कोर्न सफल भएको उपाध्यक्ष कुँवरको भनाई रहेको छ ।
लायन्स क्लवका सचिव पृथ्वी कुँवरले छैठौं साँफेबगर महोत्सव सामाजिक रुपान्तरणको लागि माध्यम बनेको धारणा राख्नुभयो । उहाँले वयलपाटा अस्पतालमा व्लड वैंक स्थापनाको लागि भएको अभियानले सरोकारवाला पक्षमा नयाँ उर्जा भरेको धारणा व्यक्त गर्नुभयो । पर्यटन प्रर्वद्धन, जिल्लाको प्रचार प्रसार, स्थानीय उत्पादनको आंशिक मात्रामा भए पनि पहिचान र प्रर्वद्धन, परम्परागत कला, सँस्कृतिको जगेर्ना, खेलकुद क्षेत्रमा उत्साह थपिएको सचिव कुँवरको भनाई रहेको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति खेलकुद तथा पर्यटन प्रर्वद्धन’ मुल नाराका साथ महोत्सवको आयोजना भएको थियो ।
मृत्यकको घरमै पुगेर लायन्स क्लवको सहयोग
असोज २५ अछाम समयमा उपचार नपाएर ज्यान गुमाएकी ढकारी गाउँपालिका वडा न.६ ढुङ्गाचाल्नाका सरिता देवि जैशीको छोराछोरीको लालन पालनको लागि लायन्स क्लव अफ
प्रभा धम्कोट माविको विव्यस अध्यक्षमा कुँवर चयन
चैत २, अछाम साँफेबगर नगरपालिका वडा नं.३ शिद्देश्वरस्थित प्रभा धम्कोट माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आकार कुँवर चयन हुनुभएको छ ।
हाटवजारका व्यापारीलाई दुई दिन भित्र पसल अगाडी ‘डोको’ अनिर्वाय
चैत २, अछाम अछामको मुख्य व्यापारी केन्द्र साँफे हाटवजारको फोहोर व्यवस्थापनमा सरोकारवाला पक्षले चाँसो नदिदा वजार कुरुप बनेको छ । बजार क्षेत्रमा

प्रतिकृया दिनुहोस