मृत्यकको घरमै पुगेर लायन्स क्लवको सहयोग
असोज २५ अछाम
समयमा उपचार नपाएर ज्यान गुमाएकी ढकारी गाउँपालिका वडा न.६ ढुङ्गाचाल्नाका सरिता देवि जैशीको छोराछोरीको लालन पालनको लागि लायन्स क्लव अफ साँफेबगरले विहीवार आर्थिक सहयोग गरेको छ । मृत्यक जैशीको घरमा पुगेर लायन्स क्लव अफ साँफेबगरका अध्यक्ष दिनेश कुँवरले मृतकका श्रीमान टंक जैशीलाई ५१ हजार रुपैया हस्तान्तरण गर्नुभयो ।
लायन्स क्लवले आर्थिक सहयोग गरेकोमा मृतकका श्रीमान जैशीले धन्यवाद दिनुभयो । उहाँले क्रियाकाज र छोराछोरीको लालन पालनमा सहयोग पुगेको बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेका कारण यसैगरी अन्य दाताबाट सहयोग अपेक्षा रहेको उहाँको भनाई रहेको छ । आमा गुमाएर विचल्लीमा रहेका मृत्यकका छोरीछोरीलाई केही राहत पुगोस् भनेर घरमै गएर सहयोग गरेको लायन्स क्लव अफ साँफेबगरका अध्यक्ष दिनेश कुँवरको भनाई रहेको छ । आगामि दिनमा पनि सहयोगको लागि अन्य सहयोगी व्यक्तसँग कुराकानी गर्ने अध्यक्ष कुँवरको भनाई रहेको ।
सरिता जैशीको असोज १७ गते मध्यरातीमा सुत्केरी बेथा लागेपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लैजाने क्रममा सरिताले बाटोमा नै बच्चा जन्माएकी थिइन् । त्यस लगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पु¥याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।
सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको थियो । ढिलोगरि अस्पताल पु¥याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको थियो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष कुँवर सहित संस्थापक अध्यक्ष भरत खड्का, निर्वतमान अध्यक्ष कृष्ण कुँवर, उपाध्यक्ष तेजबहादुर कुँवर, कोषाध्यक्ष गौतम कुँवर, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवरको सहभागिता रहेको थियो ।
प्रभा धम्कोट माविको विव्यस अध्यक्षमा कुँवर चयन
चैत २, अछाम साँफेबगर नगरपालिका वडा नं.३ शिद्देश्वरस्थित प्रभा धम्कोट माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आकार कुँवर चयन हुनुभएको छ ।
हाटवजारका व्यापारीलाई दुई दिन भित्र पसल अगाडी ‘डोको’ अनिर्वाय
चैत २, अछाम अछामको मुख्य व्यापारी केन्द्र साँफे हाटवजारको फोहोर व्यवस्थापनमा सरोकारवाला पक्षले चाँसो नदिदा वजार कुरुप बनेको छ । बजार क्षेत्रमा
छैठौं साँफेबगर महोत्सवमा खर्च भन्दा वचत वढी
फागुन ३०, अछाम माघ २६ गतेदेखि फागुन ५ गतेसम्म साँफेबगर सञ्चालन भएको महोत्सवको आय–व्यय वुधवार सार्वजनिक गरिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक

प्रतिकृया दिनुहोस