प्रभा धम्कोट माविको विव्यस अध्यक्षमा कुँवर चयन

चैत २, अछाम
साँफेबगर नगरपालिका वडा नं.३ शिद्देश्वरस्थित प्रभा धम्कोट माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आकार कुँवर चयन हुनुभएको छ । विहीवार भएको भेलाले कुँवरलाई तीन वर्षको लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । 
   निवर्तमान अध्यक्ष मोहन कुँवरको तीन वर्षे कार्यकाल पुरा भए पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुन सकेको थिएन् ।  कुँवर सामुदायिक सञ्चार विकास अध्ययन केन्द्रद्धारा सञ्चालित रेडियो जनप्रिय एफएमा वरिष्ठ सदस्य समेत हुन। यस्तै व्यवस्थापनको सदस्यमा समाजसेवि लक्ष्मण कुँवर, खेमराज कुँवर, लाल बहादुर बुढा,  महिला सदस्यमा सत्य सुनार र कमला कुँवर चयन हुनु भएको छ ।
    यस्तै गत वर्ष २०८० चैत ८ गते देखि १४ गते सञ्चालन भएको भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आय–व्यय पनि सार्वजनिक गरिएको छ । प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माविमा कृषि बाली विज्ञान (स्नातक तह)को पढाइ सञ्चालनका लागि महायज्ञको आयोजना गरिएको थियो । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा कुल ३ करोड ४६ लाख ७७ हजार रुपैया दान संकलनको लागि देश तथा विदेशबाट प्रतिवद्धता व्यक्त गरिएको महायज्ञ मुल आयोजक समितिका निर्वतमान अध्यक्ष मोहन कुँवरले जानकारी दिनुभयो । उहाँले हालसम्म नगद ८७ लाख ७० हजार दान संकलन भएकोमा हालसम्म ८० लाख ५८ हजार खर्च भएको जानकारी दिनुभयो । अझै साढे दुई करोड वढी दान संकलन हुन वाँकी रहेको छ ।
  वाँकी रहेको रकम संकलन, स्मारिका प्रकाशन गर्न, शिला लेख्न, अक्षयकोष स्थापनाको लागि कार्यसम्पादन समिति गठन गरिएको छ ।

 महायज्ञ आर्थिक समितिका संयोजक कृष्ण कुँवरको अध्यक्षतमा ११ सदस्सीय समिति गठन गरिएको छ । उक्त कार्य सम्पादन समितिको सदस्यमा वडा नं.३ शिद्देश्वरका वडा अध्यक्ष कुलबहादुर कुँवर, वडा नं.९ वुढाकोटका अध्यक्ष दिपक कुँवर, निर्वतमान वडा अध्यक्ष कृष्ण बुढा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश कुँवर, प्रख जोगराज कुँवर, समाजसेवि हिक्मत कुँवर ( बाँजे ), हिक्मत कुँवर, समाजेसवि रंगठकुल्ला, पृथ्वी कुँवर खम्म सुनार, कमला कुँवर, लक्ष्मण भुल रहनु भएको छ । 
 उक्त समितिलाई सवै कार्य पुरा गर्नको लागि २०८१ असोज मसान्तसम्मको समय दिएको छ । भेलामा साँफेबगर नगर प्रमुख राजेन्द्र कुँवर, निर्वतमान नगर प्रमुख कुलबहादुर कुँवर, समाजसेवि ध्वबहादुर कुँवर, राजन कुँवर लगायतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

मृत्यकको घरमै पुगेर लायन्स क्लवको सहयोग

असोज २५ अछाम समयमा उपचार नपाएर ज्यान गुमाएकी ढकारी गाउँपालिका वडा न.६ ढुङ्गाचाल्नाका सरिता देवि जैशीको छोराछोरीको लालन पालनको लागि लायन्स क्लव अफ

हाटवजारका व्यापारीलाई दुई दिन भित्र पसल अगाडी ‘डोको’ अनिर्वाय

 चैत २, अछाम अछामको मुख्य व्यापारी केन्द्र साँफे हाटवजारको फोहोर व्यवस्थापनमा सरोकारवाला पक्षले चाँसो नदिदा वजार कुरुप बनेको छ । बजार क्षेत्रमा

छैठौं साँफेबगर महोत्सवमा खर्च भन्दा वचत वढी

फागुन ३०, अछाम माघ २६ गतेदेखि फागुन ५ गतेसम्म साँफेबगर सञ्चालन भएको महोत्सवको आय–व्यय वुधवार सार्वजनिक गरिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक