हाटवजारका व्यापारीलाई दुई दिन भित्र पसल अगाडी ‘डोको’ अनिर्वाय

 चैत २, अछाम
अछामको मुख्य व्यापारी केन्द्र साँफे हाटवजारको फोहोर व्यवस्थापनमा सरोकारवाला पक्षले चाँसो नदिदा वजार कुरुप बनेको छ । बजार क्षेत्रमा चिल्लो सडक देखिए पनि सडकमा निर्माण सामग्री थुप्रार्न, ढल निकाश नहुँनु, वजारमा सडको हाताभित्र रहेका टिन टहराले वजार क्षेत्र कुरुप देखिने गरेको छ । वजारमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि शुक्रबार साँफे बजार व्यवस्थापन समितिको आयोजनामा भएको आम भेला तथा सरोकारवालासँग अन्तरक्रियाले वजारलाई सफा र स्वच्छ बनाउने उपाए निकालेको छ । 
    हाटवजार क्षेत्रमा व्यापार व्यवसाय गर्दे आएका १०४ जना व्यवसायिलाई अनिवार्य पसल अगाडि डोको राख्नको लागि आग्रह गरेको छ । दुई दिन भित्र पसल अगाडी डोको नराख्ने व्यापारीलाई ५ सय जरिवाना गर्ने निर्णय भएको साँफे बजार व्यवस्थापन समितिका सचिव अशोक कुँवरले जानकारी दिनुभएको छ । साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरको उपस्थितिमा भएको वजार व्यवस्थापन समितिको वैठकले हाटवजारलाई व्यवस्थित राख्न अन्य महत्वपूर्ण निर्णय पनि गरेको छ ।
  हाट वजारलाई कुरुप बनाउने गरी राखिएका निर्माण सामग्री एक हप्ता भित्रै व्यवस्थापन गर्नुपर्ने नभए नगरपालिकाको गाडीले जफत गर्ने निर्णय समेत गरिएको छ । वजारको जिरो प्वाईन्टदेखि सडक कार्यालयसम्म सडक फराकिलो बनाउने निर्णय गरिएको छ । उक्त सडक फराकिलो बनाउन साँफेबगर नगरपालिका र सडक कार्यालयलाई आग्रह गर्ने निर्णय भएको साँफे बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज कुँवरले जानकारी दिनुभएको छ । यस्तै वर्षायाम हाटवजारका नाली भरिदा घर भित्र र सडकमा वर्षाताको पानी आउँदा समस्या हुदै आएकाले तत्काल नालि सरसफाई गर्ने निर्ण गरिएको छ ।
   शुक्रबार वजार व्यवस्थापन समितिले गरेको निर्णय कार्यान्वनसँगै वजार क्षेत्रमा थुप्रिएको फोहारको सरसफाई चैत ६ गते गर्ने निर्णय गरिएको छ । यस्तै वजारको फोहोर व्यवस्थापनको लागि प्रत्येक व्यापारीबाट १५० रुपैया उठाउने निर्णय भएको सचिव कुँवरको भनाई रहेको छ । वजार क्षेत्रमा चोरी लगायतका घट्नाहरु वढ्दै गएकाले उक्त समस्या समाधानको लागि सिसिटिभी र विग्रिएका सोलार मर्मतको लागि नगरपालिकासँग आग्रह गर्ने निर्णय गरिएको छ । 
  वैठकमा सहभागि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले निर्णयको कार्यान्वयन गर्दै मुख्य व्यापारी केन्द्रलाई सरसफाई राख्नको लागि सवैले लाग्नु पर्नेमा जोड दिनुभएको छ । 

     

  बजारमा व्यवस्थित ढल नभएकाले बजार दुर्गन्धित हुने र घर÷होटल तथा पसलमा उत्पादन भएको फोहार पानीसँगै शौचालय समेत ढलमा मिसाइँदा प्रभाली गाड प्रदूषित भएका कारण व्यवस्थित ढल निर्माणको लागि व्यवसायिले साँफेबगर नगरपालिकासँग आग्रह गरेका थिए ।  
   नगर प्रमुख कुँवरले ढलमा थुप्रिएको फोहर नगरपालिकाले सरसफाई गर्ने, निर्माण सामग्री एक हप्ता भित्रै व्यवस्थापन नगरे जफत गर्ने समेत जानकारी दिनुभयो । यस्तै सम्पूर्ण व्यवसायिको ऐक्यबद्धता भए जिरो प्वाईन्टदेखि सडक कार्यालयसम्मको सडक फराकिलो बनाउन कुनै समस्या नरहेको नगर प्रमुख कुँवरको भनाई रहेको छ ।  यस्तै उहाँले वजार क्षेत्रमा सिसिटिभी र विग्रिएका सोलार मर्मत चाँडै गरिने जानकारी पनि दिनुभयो । 
   साँफे बजार व्यवस्थापन समितिको आयोजनामा भएको आम भेला तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर, साँफेबगर नगरपालिका वडा नं.३ का अध्यक्ष कुलबहादुर कुँवर लगायत जनप्रतिनिधि, अछाम उद्योग वाणिज्य संघका सचिव कृष्ण कुँवर प्रहरी प्रशासन व्यापारीको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

मृत्यकको घरमै पुगेर लायन्स क्लवको सहयोग

असोज २५ अछाम समयमा उपचार नपाएर ज्यान गुमाएकी ढकारी गाउँपालिका वडा न.६ ढुङ्गाचाल्नाका सरिता देवि जैशीको छोराछोरीको लालन पालनको लागि लायन्स क्लव अफ

प्रभा धम्कोट माविको विव्यस अध्यक्षमा कुँवर चयन

चैत २, अछाम साँफेबगर नगरपालिका वडा नं.३ शिद्देश्वरस्थित प्रभा धम्कोट माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आकार कुँवर चयन हुनुभएको छ ।

छैठौं साँफेबगर महोत्सवमा खर्च भन्दा वचत वढी

फागुन ३०, अछाम माघ २६ गतेदेखि फागुन ५ गतेसम्म साँफेबगर सञ्चालन भएको महोत्सवको आय–व्यय वुधवार सार्वजनिक गरिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक