महोत्सवको एक–एक पैशाको हिसाब जनतलाई जानकारी दिन्छौं ः आर्थिक संयोजक कुँवर
माघ २६, अछाम
लायन्स क्लव अफ साँफेबगरका कोषाध्यक्ष एवंम आर्थिक समितिका संयोजक हिमाल कुँवरले महोत्सवमा हुने आय–व्यय एक हप्तामा सार्वजनिक गरिने बताउनुभएको छ। महोत्सवमा हुने आय–व्ययको एक एक पैशाको हिसाव जनतालाई जानकारी दिन धारणा व्यक्त गर्नुभयोे । जनप्रिय वहसमा कुराकानी गर्दै उहाँले विगतमा महोत्सवबाट पाठ सिक्दै यो महोत्सवलाई ऐतिहासिक महोत्सव बनाईने धारणा व्यक्त गर्नुभयो ।
साँफेबगर महोत्सवले यस अघिका भ्रमलाई चिर्न सफल हुने दावि गर्नुभएको छ । उहाँले विगतका महोत्सव आयोजना हुँदा केही कमि कमजोरी हुँदै आएको बताउँदै यो महोत्सव भने नमूना योग्य बनाईने धारणा व्यक्त गर्नुभयो । महोत्सवका बेला र सम्पन्न भए पश्चात यसका सकरात्मक नकरात्मक बिषयका अनेक पाटामा बजारमा चर्चा परिचर्चा हुदै आएको बताउँदै यो महोत्सवमा जनतालाई प्रश्न उठाउने ठाउँ नदिने कुँवरको भनाई रहेको छ ।
समाज परिवर्तनको लागि लायन्स क्लबले सामूहिक रुपमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउँदै आर्थिक समिति संयोजक कुँवरले छैठौं साँफेबगर महोत्सव त्यसको उदाहरण बन्ने धारणा व्यक्त गर्नुभयो ।
आर्थिक समितिका संयोजक कुँवरले महोत्सवका माध्यमबाट स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवं औद्योगिक बस्तुहरुको प्रर्वद्धनमा सहयोग पुग्ने, बजार विस्तार एवं नयाँ वस्तु उत्पादन गर्ने अवसर श्रृजना गर्ने उद्देश्य रहेको बताउनुभयो । महोत्सवमा कृषिमा आधारित बस्तुहरु, औद्योगिक उपकरण तथा मेशिनरीहरु, दैनिक उपभोग्य बस्तु, स्थानिय परिकारको खाना र नौमुठे गाई लगायतका अन्य पर्यटकीय क्षेत्रको प्रचार–प्रसारको माध्यम बन्ने उहाँको भनाई रहेको छ ।
महोत्सवले यस क्षेत्रका धार्मीक, प्राकृतिक र जैविक महत्वका पर्यटकीय सम्पदाहरुको पहिचान गर्नुका साथै व्यापारीक कारोबारको प्रचार, स्थानिय लोकसस्कृति तथा उत्पादनको सरंक्षण एवम प्रर्बद्धन हुने आर्थिक समितिका संयोजक कुँवरले भनाई रहेको छ ।
मृत्यकको घरमै पुगेर लायन्स क्लवको सहयोग
असोज २५ अछाम समयमा उपचार नपाएर ज्यान गुमाएकी ढकारी गाउँपालिका वडा न.६ ढुङ्गाचाल्नाका सरिता देवि जैशीको छोराछोरीको लालन पालनको लागि लायन्स क्लव अफ
प्रभा धम्कोट माविको विव्यस अध्यक्षमा कुँवर चयन
चैत २, अछाम साँफेबगर नगरपालिका वडा नं.३ शिद्देश्वरस्थित प्रभा धम्कोट माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आकार कुँवर चयन हुनुभएको छ ।
हाटवजारका व्यापारीलाई दुई दिन भित्र पसल अगाडी ‘डोको’ अनिर्वाय
चैत २, अछाम अछामको मुख्य व्यापारी केन्द्र साँफे हाटवजारको फोहोर व्यवस्थापनमा सरोकारवाला पक्षले चाँसो नदिदा वजार कुरुप बनेको छ । बजार क्षेत्रमा

प्रतिकृया दिनुहोस