साँफेबगरमा महिला पैरवी समूहका लागि एकदिने कार्यशाला
साँफेबगर । करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त आयोजनामा सञ्चालित गरिमा परियोजनाअन्तर्गत वडा स्तरीय पैरवी समूहका महिलाका लागि एकदिने कार्यशाला गोष्ठी साँफेबगरमा सम्पन्न भएको छ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका र बझाङको खप्तड छान्ना गाउँपालिकाका २५ जनाभन्दा बढी महिलाको सहभागिता रहेको कार्यशालामा महिला अधिकार, महिनावारीसम्बन्धी विभेद, सामाजिक कुरीति तथा कुसंस्कार अन्त्यका लागि समुदायस्तरमा पैरवी गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यशालामा बझाङको खप्तड छान्ना गाउँपालिकाकी प्रमिला रोकायले परियोजनाले सञ्चालन गरेका कार्यक्रमपछि पालिकाका महिलामा सकारात्मक परिवर्तन आएको बताउनुभयो। उहाँका अनुसार अहिले महिलाहरू महिनावारी भएका बेला गोठमा बस्न छाडेर घरमै बस्ने, दूध–दही खाने तथा परिवारसँगै सुरक्षित रूपमा बस्ने अभ्यास बढेको छ।
यस्तै, बाजुराको खप्तड छेडेदह गाउँपालिकाकी विपना शाहले परियोजनाले सञ्चालन गरेका सचेतनामूलक कार्यक्रमले महिनावारीसम्बन्धी विभेदबारे चेतना बढाएको बताउनुभयो। उहाँले अहिले आफूहरू गोठमा बस्न छाडेर घरमै बस्ने गरेको जानकारी दिनुभयो।
गरिमा परियोजनाका फिल्ड म्यानेजर विक्रम जोशीले बझाङको खप्तड छान्ना र बाजुराको खप्तड छेडेदह गाउँपालिकामा परियोजनाले गरेका कामको समीक्षा गर्दै समाजमा रहेका कुरीति र कुसंस्कार अन्त्यका लागि पुनर्ताजगी तथा पैरवीलाई प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको बताउनुभयो।
कार्यशालामा गरिमा परियोजनाकी वरिष्ठ संयोजक सलिता गुरुङलगायतले प्रशिक्षण दिनुभएको थियो। गरिमा परियोजना बाजुराको बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, अछामको मेल्लेख गाउँपालिका र बझाङको खप्तड छान्ना गाउँपालिकामा सञ्चालन भइरहेको छ।
चौरपाटी–५ मा प्लास्टिकमुक्त वडा निर्माणको प्रतिबद्धता, घरबाटै परिवर्तन थाल्न जोड
असोज २५ अछाम चौरपाटी गाउँपालिका–५ मा प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रूपान्तरणमा जोड
अछाम असोज २४ सामाजिक रूपान्तरणका क्षेत्रमा पहुँच र सिर्जनाका लागि सहकार्य (वाक नेपाल) को २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम अछामको
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ स् शिक्षा र आयआर्जनमा जोड
अछाम भाद्र २५ वल्र्ड भिजन इन्टरनेसनल नेपाल, वाक नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो

प्रतिकृया दिनुहोस