साँफेबगरमा ‘मेयरसँग बाल संवाद’ : बालबालिकाले जनप्रतिनिधिसामु राखे बालविवाहदेखि विद्यालय पूर्वाधारसम्मका सवाल

जेठ १२ अछाम

साँफेबगर नगरपालिकामा बालबालिकासँग जनप्रतिनिधिको खुला संवाद कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार, सहभागिता र सुरक्षित भविष्यका विषयमा केन्द्रित “मेयरसँग बाल संवाद” कार्यक्रम पालिका स्तरीय बाल सञ्जालको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा आस्था नेपालको समन्वयमा गरिएको हो ।

कार्यक्रममा बालबालिकाले स्थानीय तहमा देखिएका समस्या, नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था तथा आफ्नो दैनिक जीवनसँग सम्बन्धित विषयमा जनप्रतिनिधिलाई प्रत्यक्ष प्रश्न गरेका थिए । वडा नं. ४ मष्टामाण्डौंकी १६ वर्षीया पुस्तिका बुढाले बढ्दो बालविवाह रोक्न नगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमबारे प्रश्न गर्दै औपचारिक कार्यक्रमले मात्रै समस्या समाधान नहुने बताइन् । उनले बालविवाह न्यूनीकरणका लागि व्यवहारिक र प्रभावकारी कदम आवश्यक रहेको धारणा राखिन् ।

त्यस्तै वडा नं. ९ का जीवन कुँवरले नगरपालिकामा स्थापना गरिएको बाल कोषमार्फत बालबालिकाका क्षेत्रमा भएका गतिविधिबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागी अन्य बालबालिकाले विद्यालयमा आधारभूत पूर्वाधारको अभाव रहेको गुनासो गरे । उनीहरूले विद्यालयमा व्यवस्थित खानेपानी, खेलमैदान तथा खेल सामग्री, सेनेटरी प्याड व्यवस्थापन र छात्रामैत्री शौचालयको अभाव तत्काल समाधान गर्नुपर्ने माग गरेका थिए ।

पालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष जेनिशा भाटले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । उनले लागुऔषध दुव्र्यसन न्यूनीकरण, मर्यादित महिनावारी, बालविवाह रोकथाम, छुवाछुत न्यूनीकरण तथा खेलकुद सामग्री व्यवस्थापनका कार्यक्रम प्रभावकारी रूपमा समेटिनुपर्ने सुझाव दिइन् ।

 

महिला तथा बालबालिका शाखा प्रमुख अनिता जोशीले बालविवाह न्यूनीकरणका लागि सडक नाटक, सचेतनामूलक कार्यक्रम तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी अभियान सञ्चालन गरिने जानकारी दिइन् । उनका अनुसार बाल अधिकार संरक्षणका लागि समुदायस्तरमै सचेतना विस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

स्वास्थ्य शाखा प्रमुख लक्ष्मण योगीले लागुऔषध सेवनले बालबालिका तथा युवाको शारीरिक, मानसिक स्वास्थ्य, अध्ययन र भविष्यमा गम्भीर असर पार्ने बताउँदै समयमै सचेत हुनुपर्ने आवश्यकता औँल्याए । शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले विद्यालयका शौचालयमा पानीको व्यवस्था, सेनेटरी प्याड डिस्पोजल, प्रधानाध्यापकको नियमित उपस्थिति तथा कम्प्युटर मर्मतलगायतका समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पहल गर्ने बताए ।

नगर उपप्रमुख शिवबहादुर कुँवरले बालबालिकाबाट उठाइएका समस्या र सुझावलाई नगरपालिकाले गम्भीर रूपमा लिएको बताउँदै आवश्यक नीति तथा कार्यक्रममार्फत समाधानका लागि पहल गरिने प्रतिबद्धता जनाए । उनले बालबालिकाको सहभागिताले स्थानीय सरकारलाई अझ जिम्मेवार बनाउने धारणा राखे ।

कार्यक्रमको सहजीकरण रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवर र आस्था नेपालका फिल्ड सुपरभाइजर भ्वान सिंह सार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

राखेप वोर्डे सदस्य कुँवरलाई अभिनन्दन

असोज १ अछाम साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरलाई सोमबार अभिनन्दन गरिएको

राखेप वोर्डे सदस्य कुँवरद्धारा विद्यार्थीलाई ट्याकसुट वितरण

असोज १ अछाम साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरले ३ सय विद्यार्थीलाई

वाक नेपालको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेशमा विस्तार हुन्छ ः अध्यक्ष कुँवर

 भाद्र २४ अछाम पहुँच र सृजनाको लागि सहकार्य (वाक नेपाल) का अध्यक्ष नवनिर्वाचित अध्यक्ष मिनबहादुर कुँवरले संस्थाको कार्यक्षेत्र सुदूरपश्चिम