वाक नेपालको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेशमा विस्तार हुन्छ ः अध्यक्ष कुँवर
भाद्र २४ अछाम
पहुँच र सृजनाको लागि सहकार्य (वाक नेपाल) का अध्यक्ष नवनिर्वाचित अध्यक्ष मिनबहादुर कुँवरले संस्थाको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका कार्यान्वनको लागि पहल गरीने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यसको तयारीको लागि चाँडै प्रदेशको राजधानी धनगढीमा सम्पर्क कार्यालय स्थापना गर्ने उहाँको भनाई रहेको छ ।
वाक नेपालको १० औं अधिवेशन एवंम् २७ औं साधारण सभाबाट निर्वाचित भएपछि वोल्दै उहाँले सवैको साथ–सहयोगबाट संस्थालाई अब्बल बनाईने धारणा व्यक्त गर्नुभयो । वाक नेपाललाई विधि, पद्धति नियम संगत सञ्चालन गरेर दीगोपनमा जोड दिने नवनिर्वाचित अध्यक्ष कुँवरको भनाई रहेको छ । संस्थाको दीगो विकास, सामाजिक विकासको क्षेत्रको दायरालाई फराकिलो बनाउनको लागि सम्पूर्ण जनशक्तिको परिचालन गर्ने योजना रहेको समेत अध्यक्ष कुँवरको भनाई रहेको छ ।
काम गर्ने शिलशिलामा आउने चुनौतिलाई परास्त गर्दे अग्रण्ी संस्थाको रुपमा विकास गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उहाँको भनाई रहेको छ । यसको लागि वाक नेपालसँग वौद्धिक वर्गको साथ र वाक नेपालका कर्मचारी सहयोग पूर्ण रुपमा मिल्ने नवनिर्वाचित अध्यक्ष कुँवरको भनाई रहेको छ ।
वाक नेपालको १० औं अधिवेशन एवंम् २७ औं साधारण सभाबाट कुँवरको अध्यक्षतामा ७ सदस्सीय नयाँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा अप्सरा कुँवर, महासचिव सुशिला वोगटी, सचिव सुरत खड्का र कोषाध्यक्ष छत्रमान ताम्राकार चयन भएका छन् । यस्तै सदस्यमा निर्वतमान अध्यक्ष वलबहादुर केसी, निर्वतमान उपाध्यक्ष ममिन मिया चयन हुनुभएको छ ।
२०५४ साल मंसिर ६ गते स्थापना भएको वाक नेपाल शिक्षा, स्वास्थ्य, जिविकोपार्जन र विपद जोखिम न्यूनिकरणमा जिल्लामा काम गर्दै आएको छ । वाक नेपालका अहिले विभिन्न कार्यक्रम मार्फत अछामका १० वटै स्थानीय तह र डोटी जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।
साँफेबगरमा ‘मेयरसँग बाल संवाद’ : बालबालिकाले जनप्रतिनिधिसामु राखे बालविवाहदेखि विद्यालय पूर्वाधारसम्मका सवाल
जेठ १२ अछाम साँफेबगर नगरपालिकामा बालबालिकासँग जनप्रतिनिधिको खुला संवाद कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार, सहभागिता र सुरक्षित भविष्यका विषयमा
राखेप वोर्डे सदस्य कुँवरलाई अभिनन्दन
असोज १ अछाम साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरलाई सोमबार अभिनन्दन गरिएको
राखेप वोर्डे सदस्य कुँवरद्धारा विद्यार्थीलाई ट्याकसुट वितरण
असोज १ अछाम साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरले ३ सय विद्यार्थीलाई

प्रतिकृया दिनुहोस