राखेप वोर्डे सदस्य कुँवरद्धारा विद्यार्थीलाई ट्याकसुट वितरण
असोज १ अछाम
साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरले ३ सय विद्यार्थीलाई ट्याकसुट वितरण गर्नुभएको छ । राखेप वोर्डे सदस्य कुँवरले वुवा–आमाको सम्झनामा वडा नं.९ स्थित वुढाकोट माविका २ सय वढी, सरस्वति आधारभुत विद्यालयका ५५ र कर्ण प्राविका ४० छात्र–छात्रालाई निःशुल्क ट्याकसुट वितरण गर्नुभएको छ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई न्यानो कपडा(ट्याकसुट वितरण)ले पठनपाठनमा सहज भएको विद्यार्थी मुकेश साउदको भनाई रहेको छ । चिसो महिनामा एक सरो लुगा लगाएर विद्यालयमा आउदा समस्या हुँदै आएकोमा अव सजिलो हुने उहाँको भनाई रहेको छ । आर्थिक अवस्था कमजोरीका कारण अभिभावकले दुई जोर लुगाको जोहो गर्न सकेका थिएन् । राखेप वोर्डे सदस्य कुँवरले विद्यार्थीलाई ट्याकसुट वितरण गरेर ठूलो गुन लगाएको विद्यार्थी साउदको भनाई रहेको छ ।
अभिभावक सेतु विकले राखेप वोर्डे सदस्य कुँवर सम्पूर्ण विद्यार्थीको लागि अभिभावक वनेको बताउनुभयो । आफू एकल महिला भएका कारण वच्चालाई एक जोर कपडा सिलाउन धौ–धौ भएका वेला कुँवरले न्यानो कपडा(ट्याकसुट वितरण)ले ठूलौ राहत मिलेको विकको भनाई रहेको छ । आगामि दिनमा पनि आर्थिक अवस्था कमजोर भएका वर्गको लागि यस्तै सहयोगको अपेक्षा राखेको उहाँले बताउनुभयो ।
चिसोका समयमा रोग लाग्न सक्ने र न्यानो कपडा नभएकै कारण विद्यालयमा नियमित उपस्थित नहुने विद्यार्थीलाई आगामि दिनमा नियमित विद्यालयमा उपस्थित हुन सहन हुने विद्यालयका प्रअ चक्र कुँवरले जानकारी दिनुभयो । चिसो मौसमा पनि अव न्यानो कपडा पाएपछि विद्यार्थीहरु नियमित विद्यालय उपस्थित हुने विश्वास प्रअ कुँवरको भनाई रहेको छ ।
राखेप वोर्डे सदस्य एकेन्द्रबहादुर कुँवरले प्रत्येक वर्ष आम्दानीको ५ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताउनुभयो । यो वर्ष आफूले अध्ययन गरेको वुढाकोट माविका २ सय छात्रछात्रा, सरस्वति आधारभुत विद्यालयका ५५ र कर्ण प्राविका ४० छात्र–छात्रालाई निःशुल्क ट्याकसुट वितरण गरिएको उहाँको भनाई रहेको छ । ३ सय जोर ट्याकसुटको मुल्य पाँच लाख वढी रहेको जानकारी दिनुभयो । यो वर्षमा वुढाकोटका केही विद्यालयमा न्योनो कपडा वितरण गरेपनि आगामि दिनमा अन्य विपन्न वर्गलाई सहयोग निरन्तर दिने राखेप वोर्डे सदस्य कुँवरले जानकारी दिनुभयो ।
ट्याकसुट वितरण कार्यक्रममा साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोज, नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिनबहादुर कुँवर, एकिकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हिक्मत कुँवर, वडा अध्यक्ष दिपक कुँवर राजनीतिक दलका नेता कार्यकर्ता, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
साँफेबगरमा ‘मेयरसँग बाल संवाद’ : बालबालिकाले जनप्रतिनिधिसामु राखे बालविवाहदेखि विद्यालय पूर्वाधारसम्मका सवाल
जेठ १२ अछाम साँफेबगर नगरपालिकामा बालबालिकासँग जनप्रतिनिधिको खुला संवाद कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार, सहभागिता र सुरक्षित भविष्यका विषयमा
राखेप वोर्डे सदस्य कुँवरलाई अभिनन्दन
असोज १ अछाम साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोट निवासी एवंम् राष्ट्रिय खेलकुद परिषद कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवरलाई सोमबार अभिनन्दन गरिएको
वाक नेपालको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेशमा विस्तार हुन्छ ः अध्यक्ष कुँवर
भाद्र २४ अछाम पहुँच र सृजनाको लागि सहकार्य (वाक नेपाल) का अध्यक्ष नवनिर्वाचित अध्यक्ष मिनबहादुर कुँवरले संस्थाको कार्यक्षेत्र सुदूरपश्चिम

प्रतिकृया दिनुहोस