अछाम साहित्य उत्सव ः रामारोशनका विविध पक्षबारे मन्थन
अछाम
अछाम गजल मंचको आयोजनामा भएको साहित्य उत्सवमा रामारोशनका विविध पक्षबारे मन्थन गरिएको छ । रामारोशनको पर्यटन प्रवद्र्धनको लागि नारा दिएको साहित्य उत्सवमा रामारोशनलाई पर्यटकीय क्षेत्रमा चिनाउनको लागि गहन वहस विमर्श भएको छ । रामारोशन प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैचा भएकाले यसको विकासमा लाग्नु पर्नेमा सरोकारवालले जोड दिए ।
कार्यक्रममा सहभागि हुनु भएको सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री झपट साउदले बाह्र वण्ड र अठार खण्डले परिचित रामारोशन क्षेत्रको प्रचारको लागि उत्सव महत्वपूर्ण रहेको बताउनुभयो । तालै ताल, मैदान, सिमसार क्षेत्र, प्राकृतिक सम्पदाले भरीपूर्ण रामारोशन क्षेत्रलाई चिनाउन साहित्यकारको भूमिका महत्वपूर्ण रहने जानकारी दिनुभयो । यस्तै आफूले रामारोशनसम्म पुग्ने सडकलाई कालोपत्रे गराउनको लागि प्रदेश सरकारसँग जोडदार माग गर्दै आएको जानकारी गराउनुभयो ।

के कुर्देछ रामारोशनको सौन्दर्य विषयक छलफलमा सहभागि रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष चक्र रावललेको गुरुयोजना बनाएर रामारोशनलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले रामारोशन क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि कृषि र पर्यटनलाई जोडेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो । यसले गर्दा यहाँको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो । रामारोशन क्षेत्रको विकासको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको संयुक्त पहल हुनु पर्नेमा संस्थापक अध्यक्ष रावलको जोड रहेको छ ।

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य अनुराधा स्वाँरले प्राकृतिक वरदानको रुपमा रहेको रामारोशन क्षेत्रको विकासको लागि सडकको सहज पहुँच हुनुपर्नेमा जोड दिनुभयो । यहाँका रहर लाग्दा जमिनका फाँटहरु, मनमोहक तालहरु, अनेक थरीका फूलहरु, चराचुरुंगी र अन्य दुर्लभ वन्यजन्तुहरु कस्तुरी मृग तथा अन्य विभिन्न जनावरहरुको उपस्थिति नै यस जिल्लाको पर्यटन विकासको स्तम्भ भएको उहाँको भनाई रहेको छ ।
रामारोशन गाउँपालिका वडा नं।५ रामारोशनका वडा अध्यक्ष केशर वहादुर शाहले प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँको विकासको लागि स्थानीय सरकारको तर्फबाट पहल हुँदै आएको बताउनुभयो । गाउँपालिकाको सानो वजेटले धेरै गर्न नसकिएको बताउँदै प्रदेश र संघ सरकारसँग यहाँको पूर्वाधार विकासको लागि माग हुँदै आएको बताउनुभयो ।

रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले यहाँको विकासको लागि आफू सवै सरोकारवालासँग छलफल गर्दै आएको जानकारी दिनुभयो । रामारोशन क्षेत्रको गुरुयोजना बनाएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशन क्षेत्र भित्र विभिन्न ताल, मैदान, पाटन, हरियाली जंगल, पहाडी चुचुराहरु, जंगली जनावर, चराचुरुङ्गी,जडिबुटीहरु मासिन नदिनको लागि पहल गर्ने कार्यकारी अधिकृत विकको भनाई रहेको छ ।
२०८१ चैत २९ र ३० गते आयोजना भएको साहित्य उत्सवमा विभिन्न वक्ता र स्रष्टाले वहस गरेका थिए । उद्घाटनको पहिलो दिन स्थानीय तहमा महिला नेतृत्व अवसर र चुनाती विषयमा महिला नेतृ अनुराधा स्वाँरसँग पत्रकार हिक्मत नेपाली, भुमिगत देखि गणतन्त्र सम्मको यात्रा ः एक अनुभवमा माओवादी नेता खडक बहादुर रोकाया ’सागर’सँग पत्रकार शिवराज खत्रीले वहस गर्नुभएको थियो ।
त्यस्तै गजल साँझमा स्रष्टा गोल्डेन उद् भास, सीता यरी र कृष्ण बिरहीसँग साहित्यकार हिमाल उदासीको वहस, साँझ लाईभ देउडामा अमना रोकाया÷कमला रोकाया र रमेश रावत, उज्जल सिहँ साउँदविच देउडा खेलको आयोजना गरिएको थियो ।

उत्सवको दोस्रो दिन रामारोशनका भेडिगोठका कथामा उदय बहादुर रोकाया ’रकेट’ सँग पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावत र एकल वाचन मुक्तक र गफ स्रष्टामा रावल कृष्ण सँग साहित्यकार टेकराज भण्डारीले वहस गर्नुभएको थियो ।
एकल हुड्के नाँचमा दल बहादुर। साउँद ’असिम’ को प्रस्तुति, अछामी गजल वाचनमा स्रष्टा राम बहादुर भण्डारी, भरत अधिकारी ’जलन’, विद्युत्मा रैकासँग गजलकार झनक अधिकारी ’बारुद’ वहस गर्नुभएको थियो । त्यस्तै रामारोशनका कला, संगित र स्वरमा भीम बिष्ट ’अछामी रेखा’ र जनक साउँद ’लाल टोपी’, को प्रस्तुति, के कुर्दैछ रामारोशनको सौन्दर्य रु मा रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका संस्थापक अध्यक्ष चक्र रावल, कार्यकारी अधिकृत पूर्णबहादुर विक रामारोशन गाउँपालिका वडा नं।५ रामारोशनका वडा अध्यक्ष केशर वहादुर शाहसँग पत्रकार तपेन्द्र कुँवरको वहस र काव्य रसपानमा स्रष्टा बी पी अस्तु, कमलराज के सीसँग साहित्यकार मनोज विवशले गर्नुभएको थियो ।
मामाबाट बलात्कृत चौरपाटीका १२ वर्षीया बालिकाको ८ महिनाको गर्भ
चैत्र ५ अछाम चौरपाटी गाउँपालिकाकी १२ वर्षीया बलात्कृत बालिकाको अवस्था झन जटिल बन्दै गएको छ। पेटमा ८ महिनाभन्दा बढीको गर्भ रहेकी ती बालिकाको अवस्था
प्रभु महालक्ष्मी लाइफको लिडर्स मिट कार्यक्रम साँफेबगरमा सम्पन्न
मंसिर २० अछाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स मिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत
अव वाक नेपालको सेवा प्रवाह आफ्नै भवनमा
कल्पना वोहरा साँफेबगर नगरपालिका वडा नं. ४ मष्टमाण्डौं स्थित पहुँच र सृजनाको लागि सहकार्य (वाक नेपाल)मा आफ्नै भवनमा सरेको छ । साँफेबगर नगरपालिका वडा नं.

प्रतिकृया दिनुहोस