प्रभु महालक्ष्मी लाइफको लिडर्स मिट कार्यक्रम साँफेबगरमा सम्पन्न

मंसिर २० अछाम


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स मिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुलाई काम गर्ने जोश, जागर र प्रेरणा प्रदान गर्नुभएको थियो । अभिकर्ताहरुको जीवन बीमा व्यवसायमा आउने समस्याहरु समाधान गरेर व्यवसायीक कामलाई सहजिकरण गर्न कम्पनी सदैव तयार रहेको बताउनुभयो ।
 तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले विमा गर्दा हुने फाईदाका वारेमा जानकारी दिनुभयो । बिमा कम्पनिलाई लघुबित्तको जसरी पैसा अपचलन गर्छ कि भन्ने भ्रममा नपरी जिवन आईपर्ने समस्या समाधानको लागि विमा गर्न आग्रह गर्नुभयो । त्यस्तै कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले सहभागीहरुमा स्वागत मन्तब्य राख्नुभएको थियो । उहाँले भबिष्यलाई सुखी र  समृद्ध बनाउन बिमा गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो
हाल प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्समा ५ सय करोड चुक्ता पूजी, ११ सय करोड जिबन बिमा कोष र सोढ १६ अर्ब लगानी रहेको छ । कार्यक्रममा सूदूरपश्चिम उपक्षेत्रीय प्रमुख भवान सिंह भण्डारी, साँफेबगर, मंगलसैन शाखा र बाजुरा शाखा प्रमुख, कर्मचारी तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अछाम शाखा प्रमुख देवानन्द खतिवडाले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

अछाम साहित्य उत्सव ः रामारोशनका विविध पक्षबारे मन्थन

अछाम अछाम गजल मंचको आयोजनामा भएको साहित्य उत्सवमा रामारोशनका विविध पक्षबारे मन्थन गरिएको छ । रामारोशनको पर्यटन प्रवद्र्धनको लागि नारा दिएको

मामाबाट बलात्कृत चौरपाटीका १२ वर्षीया बालिकाको ८ महिनाको गर्भ

चैत्र ५ अछाम चौरपाटी गाउँपालिकाकी १२ वर्षीया बलात्कृत बालिकाको अवस्था झन जटिल बन्दै गएको छ। पेटमा ८ महिनाभन्दा बढीको गर्भ रहेकी ती बालिकाको अवस्था

अव वाक नेपालको सेवा प्रवाह आफ्नै भवनमा

कल्पना वोहरा साँफेबगर नगरपालिका वडा नं. ४ मष्टमाण्डौं स्थित पहुँच र सृजनाको लागि सहकार्य (वाक नेपाल)मा आफ्नै भवनमा सरेको छ । साँफेबगर नगरपालिका वडा नं.