अव वाक नेपालको सेवा प्रवाह आफ्नै भवनमा

कल्पना वोहरा
साँफेबगर नगरपालिका वडा नं. ४ मष्टमाण्डौं स्थित पहुँच र सृजनाको लागि सहकार्य (वाक नेपाल)मा आफ्नै भवनमा सरेको छ । साँफेबगर नगरपालिका वडा नं. ४ मष्टमाण्डौं स्थित जनकल्याण टोलमा संस्थाले आफ्नो भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको हो । भवनको एक कार्यक्रमबीच पूर्व मन्त्री एवंम् अछाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका सदस्य शेरबहादुर कुँवरले उद्घाटन गर्नुभयो । सुविधा सम्पन्न आधुनिक दुई तले भवन ४५ लाख रुपैयाँको लगानीमा निमार्ण भएको संस्थाका अध्यक्ष मिनबहादुर कुँवरले जानकारी दिनुभयो । वाक नेपाल, संस्थामा कार्यरत कर्मचारीको १५ लाख, ईच्छुक व्यक्तिको सहयोगमा भवनको निर्माण भएको अध्यक्ष कुँवरको भनाई रहेको छ । 
भवन उद्घाटन कार्यक्रममा वोल्दै पूर्व मन्त्री कुँवरले सामाजिक जागरणको क्षेत्रमा वाक नेपालको भूमिका महत्पूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर वर्गदेखि महिला, वालवालिका, जीविकोपार्जनका क्षेत्रमा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको पूर्व मन्त्री कुँवरको भनाई रहेको छ । 
  पूर्व मन्त्री कुँवरले सामाजिक जागरणको क्षेत्रमा सरकारले पनि गैरसरकारी क्षेत्रसँग मिलेर काम गर्नु पर्नेमा सुझाव दिनुभयो । उहाँल् सामाजिक रुपान्तरण र सचेतनाको क्षेत्रमा अहिले पनि सरकारले धेरै कार्यक्रमहरु अघि बढाएको र गैरसरकारी संस्थाहरु त्यस्ता कार्यक्रमका महत्वपूर्ण सहयोगी भएको बताउनुभयो ।
   कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिवबहादुर कुँवर शिलोजले सामाजिक क्षेत्रमा धेरै कामहरु गर्नु पर्ने र गैससहरुले ति कामहरुमा सरकारलाई सहयोग गरिरहेको बताउनुभयो । साँफेबगर नगरपालिकाले पनि वाक नेपालसँग सहकार्य गर्दै आएको बताउँदै आगामि दिनमा पनि निरन्तर सहयो रहने धारणा व्यक्त गर्नुभयो ।
   वाक नेपालका अध्यक्ष मिनबहादुर कुँवरले भवन निर्माणमा संस्थाका कर्मचारी, समाजका विभिन्न क्षेत्रबाट भएको सहयोगको सह्राना गर्नुभयो । उहाँले सबैको सहयोग र हातेमालोबाट जमिन खरिददेखि भवन निर्माणको काम सम्पन्न गर्ने सफलता मिलेको बताउनुभयो । उहाँले समाजमा निः स्वार्थ काम गरी राज्यलाई सहयोग गर्दै आएको समेत जानकारी दिनुभयो ।
  संस्थाले शिक्षा, स्वास्थ्य, कृषि, विपद, महिला, बालबालिका, एड्स लगायतका क्षेत्रसँग सम्बन्धित रहेर काम गदै आएको संस्थाका कार्यक्रम व्यवस्थापक चेतराज जोशीले जानकारी दिनुभयो । विभिन्न दातृ निकायको सहयोगमा पावर परियोजना, एचआईभी एड्स परियोजना, एचआईभी टिवी परियोजना, एकीकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना, सेवा परियोजना, समुदायमा आधारीत विपद् जोखिम न्यूनिकरण परियोजना, महिला सशक्तिकरण तथा वाल अधिकार संरक्षण परियोजना, स्थानयी कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम, युरेका परियोजना र भकारी परियोजाना संचालनमा रहेको उहाँको भनाई रहेको छ ।
    वाक नेपाल अहिले अछामका १० वटा पालिका र डोटीका केही वडामा काम गर्दै आएकोमा आगामि दिनमा कार्यक्षेत्रलाई फराकिलो बनाईने सो अवसरमा जानकारी समेत दिनुभयो । चालु आर्थिक वर्षमा जारी नियमित परियोजना तथा सो अन्तर्गतका क्रियाकलापहरुमा गुणस्तर अभिवृद्धि गर्ने, संस्थाको श्रोत वृद्धि गरि कम्तिमा ३ वटा नयाँ परियोजनाहरु सञ्चालन गरिने समेत जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

अछाम साहित्य उत्सव ः रामारोशनका विविध पक्षबारे मन्थन

अछाम अछाम गजल मंचको आयोजनामा भएको साहित्य उत्सवमा रामारोशनका विविध पक्षबारे मन्थन गरिएको छ । रामारोशनको पर्यटन प्रवद्र्धनको लागि नारा दिएको

मामाबाट बलात्कृत चौरपाटीका १२ वर्षीया बालिकाको ८ महिनाको गर्भ

चैत्र ५ अछाम चौरपाटी गाउँपालिकाकी १२ वर्षीया बलात्कृत बालिकाको अवस्था झन जटिल बन्दै गएको छ। पेटमा ८ महिनाभन्दा बढीको गर्भ रहेकी ती बालिकाको अवस्था

प्रभु महालक्ष्मी लाइफको लिडर्स मिट कार्यक्रम साँफेबगरमा सम्पन्न

मंसिर २० अछाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स मिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत