छाउगोठमा बस्ने र बस्न बाध्य पार्नेको सेवासुविधा रोक्छौ ः अध्यक्ष साउद

कल्पना वोहरा

चौरपाटी गाउँपालिकाले अध्यक्ष भिम बहादुर साउदले छाउगोठमा बस्ने र बस्न बाध्य पार्ने दुवैको सेवा–सुविधा रोकिने जानकारी दिनुभएको छ । चौरपाटी गाउँपालिकाको आयोजना समविकास नेपालको सहजिकरणमा छाउगोठमुक्त अभियान कार्यक्रममा वोल्दै उहाँले छाउ बार्ने र बार्न बाध्य पार्नेको सेवासुविधा रोकिने प्रष्ट पार्नुभयो । छाउपडी प्रथा उन्मुलनका लागि गोठमा बस्नेलाई स्थानीय तहबाट पाउने सेवा सुविधा रोक्का गर्ने तयारी भइरहेको छ ।

   जतिसुकै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेपनि महिलाहरु गोठमा जोखिमपूर्ण तरिकाले बस्न नछोडेकाले छाउगोठमा बसाउने परिवारलाई स्थानीय तहबाट उपलब्ध गराउने सेवा सुविधा रोक्का गर्ने तयारी भईरहेको अध्यक्ष साउदको भनाई रहेको छ । ‘गाउँपालिकाकामा अझै पनि छाउगोठ रहेको सूचना रहेको छ ।’ कानुनी कारबाहीका प्रक्रियाहरुका साथै जनचेतनामुलक कार्यक्रमलाई पनि स्थानीय तहले प्रथमिकतामा राख्ने अध्यक्ष साउदको भनाइ छ ।

   

छाउगोठमुक्त अभियानको लागि आगामि आर्थिक वर्ष २०८२÷०८३ मा गाउँपालिका वजेटको व्यवस्था गर्ने अध्यक्ष साउदको भनाई रहेको छ । उहाँले गाउँपालिका स्तरिय छाउगोठमुक्तको लागि समिति बनेको बताउँदै वडामा पनि चाँडो समिति गठन गर्न आग्रह गर्नुभयो ।

गाउँपालिकामा उपाध्यक्ष सरदेवि खड्काको अध्यक्षतामा ११ सदस्सीय पालिका स्तरीय समिति गठन गरिएको छ । छाउगोठमुक्त अभियानलाई सफल पार्नको लागि स्थानीय राजनीतिक दल, गैसस, अभियान्तकर्ता, विद्यालय लगायत सवैकोे भूमिका महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको छ ।

  जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारीले छाउगोठको अवस्था बुझ्न गाउँगाउँमा प्रहरी परिचालन गरिने बताउनुभयो । ‘छाउगोठले महिलाको स्वास्थ्यमा गम्भीर असर पारेको छ। अब छाउगोठ रहँदैनन्,’ उहाँले भन्नुभयो । ‘अछाममा छाउगोठमा बस्दा १५ जनाको ज्यान गईसेको छ ।’ प्रहरी नायव उपरिक्षक भण्डारीले भन्नुभयो–‘छाउगोठमा बस्ने प्रथा उन्मुलनको लागि स्थानीय तहसँग समन्वय गरी कडाइका साथ प्रहरी अघि वढ्छ ।’

  प्रहरी नायव उपरिक्षक भण्डारीले मुलुकी अपराधसंहिता २०७४ ले परिभाषित गरेको सामाजिक विभेद, भेदभाव तथा अपमानजनक व्यवहारविरुद्ध कानुनी व्यवस्था सम्बन्धमा आम नागरिकमा सचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘यहाँका छाउगोठ भत्काउन सरकार नै लागेकाले छाउगोठ बनाउनेलाई पनि कारबाही हुन्छ।’

 

समविकास नेपालका संस्थापक अध्यक्ष एवंम् अभियानकर्ता पशुपति कुँवरले स्थानीय तहले यसलाई प्रमुख मुद्दा बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । आफुहरु सहयोगी मात्रै भएको तर कुप्रथा उन्मुलनका लागि स्थानीय सरकार नै प्रमुख जिम्मेवार बन्नुपर्ने कुँवरको भनाइ छ । पहिलेको भन्दा गोठमा बस्नुपर्ने स्थितिमा सुधार आएपनि अझै भनेजस्तो प्रगति नभएको बताउँदै यसको न्यूनिकरणको लागि कानुनी कारबाहीका प्रक्रियाहरुका साथै जनचेतनामुलक कार्यक्रमलाई प्रथमिकतामा दिनुपर्नेमा जोड दिनुभयो ।

  छाउपडी विरुद्धको कानुन कार्यान्वयनका लागि स्थानीय तहबाट नियमित अनुगमन र नियमन गर्न जरुरी रहेको सरोकारवालाले सुझाव दिएका छन् । सामाजिक कार्यकर्ता र सरकारी निकायहरूले प्रभावकारी रणनीति अघि बढाउन आवश्यक छ। 

प्रतिकृया दिनुहोस

चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।

बाल नेतृत्वले बदल्यो जीवनशैली: छाउगोठ त्यागेदेखि बालमैत्री शासनको मागसम्म

 बालबालिकाको नेतृत्व क्षमता विकास, अर्थपूर्ण सहभागिता अभिवृद्धि तथा स्थानीय सरकारसँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले साँफेबगर

जयगढ बजार आगलागीः ७ करोड भन्दा बढी क्षति भएको आँकलन

चैत्र २७ अछाम ग्यासको सिलिण्डर पड्किएर मंगलबार बेलुकी आगलागी भएको जयगढ़ बजारमा ७ करोड भन्दा बढी क्षति भएको आँकलन गरिएको छ। जयगढ़ बजारमा रहेका २७ वटा