काठमाडौँमा उपचारका क्रममा चौरपाटीका युवा डिल्लीराज साउँदको मृत्यु

चौरपाटी गाउँपालिका–३ गगुडाका युवा डिल्लीराज साउँदको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ।

साउँद दुई दिनअघि मात्रै मोटरसाइकलमार्फत लामो यात्रा तय गर्दै धनगढीबाट काठमाडौँ पुगेका थिए। रोजगारी तथा उज्ज्वल भविष्यको खोजीमा राजधानी पुगेका उनी बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनको निधन भएको हो।

उनको निधनको कारणबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। घटनापछि सामाजिक सञ्जालमा आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोक व्यक्त गरिरहेका छन्।

भविष्यका थुप्रै सपना बोकेर घरबाट राजधानी पुगेका डिल्लीराज साउँदको असामयिक निधनले परिवार, आफन्त र गगुडा गाउँ नै शोकमा डुबेको छ। उनको निधनले स्थानीय समुदायमा गहिरो पीडा र अपूरणीय क्षति महसुस गरिएको छ।

प्रतिकृया दिनुहोस

बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ स् शिक्षा र आयआर्जनमा जोड

अछाम भाद्र २५  वल्र्ड भिजन इन्टरनेसनल नेपाल, वाक नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो

साँफेबगरमा महिला पैरवी समूहका लागि एकदिने कार्यशाला

साँफेबगर । करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त आयोजनामा सञ्चालित गरिमा

चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।