बयालपाटा अस्पतालको सेवा रोकिने अवस्थामा
चैत्र ५ अछाम
बयालपाटा अस्पताल जुनसुकै बेला समेत सेवा रोकिन सक्ने जनाएको छ। अस्पतालको जन प्रशासन बिभागले मंगलबार एक सूचना जारी गर्दै अस्पतालबाट प्रवाहित सेवाहरुको उपयुक्त व्यवस्थापनका लागि हामीले आर्थिक संकटको सामना गरिरहनु परेको अवस्था रहेको प्रतिकुल परिस्थितिमा अस्पतालमा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्न नसकेको जनाएको छ।
आर्थिक अभावका कारण बिरामीहरुलाई आवश्यक पर्ने औषधी, ल्याब तथा अन्य स्वास्थ्य सामाग्रीहरुको खरीद, भण्डारण तथा आपुर्ति गर्न समेत कठिनाई भईरहेको सेवाग्राहीहरुलाई समय भित्र स्वास्थ्य चेकजाँच गर्न तथा आवश्यकता अनुसार सबै औषधी उपलब्ध गराउन समस्या सृजना हुदै आईरहेको सूचनामा उल्लेख गरेको छ।

अस्पतालमा आवश्यक जनशक्तिको अभावका कारण उपचारका लागि आज अस्पताल आएका विरामीहरुले आजै उपचार सेवा प्राप्त गर्न नसके पुनः भोलि अस्पताल आउनु पर्ने वाध्यात्मक परिस्थिति निम्तन सक्ने, आवश्यक जनशक्ति अभावका कारण आफ्ना सेवाग्राहीहरुलाई समय भित्र उपचार सेवा उपलब्ध गराउनका लागि निम्तन सक्ने अस्पतालले जनाएको छ।
चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता
तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।
बाल नेतृत्वले बदल्यो जीवनशैली: छाउगोठ त्यागेदेखि बालमैत्री शासनको मागसम्म
बालबालिकाको नेतृत्व क्षमता विकास, अर्थपूर्ण सहभागिता अभिवृद्धि तथा स्थानीय सरकारसँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले साँफेबगर
जयगढ बजार आगलागीः ७ करोड भन्दा बढी क्षति भएको आँकलन
चैत्र २७ अछाम ग्यासको सिलिण्डर पड्किएर मंगलबार बेलुकी आगलागी भएको जयगढ़ बजारमा ७ करोड भन्दा बढी क्षति भएको आँकलन गरिएको छ। जयगढ़ बजारमा रहेका २७ वटा

प्रतिकृया दिनुहोस