गरिमा परियोजनाको परिचयात्मक कार्यक्रम मंगलसैनमा सम्पन्न
असार १ अछाम
ग्रिनतारा नेपालद्वारा सञ्चालित ‘गरिमा परियोजनाको’ परिचयात्मक कार्यक्रम सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ। महिनावारीसँग जोडिएका विभेद र कुप्रथाको अन्त्य गर्दै मर्यादित महिनावारीमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ मेल्लेख गाउँपालिकामा पाँच वर्षे गरिमा परियोजना लागू गरिएको हो ।
परिचयात्मक कार्यक्रममा वोल्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले मर्यादित महिनावारी सुनिश्चित गर्न समुदायका अगुवा, धामीझाँक्री तथा धार्मिक व्यक्तित्वहरूको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
समाजमा रहेका गलत मान्यता परिवर्तन गर्न सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको उहाँको भनाइ थियो । सामाजिक कुप्रथा अन्त्यको लागि परियोजनासँग सहकार्य गर्ने स्वास्थ्य कार्यालय तयार रहेको जानकारी दिनुभयो
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्लामा छाउगोठ भत्काउने अभियान पुनः प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिनुभयो । उहाँले गरिमा परियोजनाले महिनावारीसँग सम्बन्धित सामाजिक विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै छाउपडी प्रथासम्बन्धी भ्रम चिर्दै समुदायस्तरबाट अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले गरिमा परियोजनाको समयसापेक्ष र प्रभावकारी कार्यक्रम रहेको बताउनुभयो । उहाँले छाउगोठमा बस्ने प्रथा अन्त्य तथा छाउगोठमुक्त अभियानका बारेमा समाजमा अझै रहेका भ्रम र गलत चिर्नुे पर्ने धारणा व्यक्त गर्नुभयो । जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
गरिमा परियोजनाका अनुगमन तथा मुल्याकन अधिकृत प्रमिता वस्याले मेल्लेख गाउँपालिकामा मर्यादित महिनावारी प्रवद्र्धनका लागि हालसम्म सञ्चालन भएका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराउनुभयो । यस्तै, परियोजनाका फिल्ड म्यानेजर विक्रम जोशीले परियोजनाको उद्देश्य, कार्यक्षेत्र र अपेक्षित उपलब्धिबारे प्रकाश पार्नुभयो ।
चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता
तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।
काठमाडौँमा उपचारका क्रममा चौरपाटीका युवा डिल्लीराज साउँदको मृत्यु
चौरपाटी गाउँपालिका–३ गगुडाका युवा डिल्लीराज साउँदको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ। साउँद दुई दिनअघि मात्रै मोटरसाइकलमार्फत लामो यात्रा
संगठन सुदृढीकरणमा जुट्यो नेकपा अछाम, गाउँ–गाउँमा एकता अभियान
तपेन्द्र कुँवर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अछामले पार्टी एकतालाई संगठन विस्तारसँग जोड्दै पालिकादेखि वडा तहसम्म संगठन सुदृढीकरण अभियानलाई

प्रतिकृया दिनुहोस