चौरपाटीलाई जिल्लाकै पहिलो ‘‘मर्यादित महिनावारी मैत्री पालिका’ बनाउने अभियान सुरु
अछाम, जेठ १६
चौरपाटी गाउँपालिकाले जिल्लाकै पहिलो ‘मर्यादित महिनावारी मैत्री पालिका’ घोषणा गर्ने लक्ष्यसहित अभियान सुरु गर्ने भएको छ ।
अन्तरराष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसरमा सम विकास नेपालको आयोजना तथा वडा नं.१ सिउडीको समन्वयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले महिनावारी सम्बन्धी विभेद अन्त्य गर्दै सम्मानजनक वातावरण निर्माणका लागि अभियान सञ्चालन गरिने बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा गाउँपालिकाका सातवटै वडामा महिनावारी स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको जानकारी दिँदै अब प्रत्येक टोलमा पुगेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुभयो ।
“वडामा रहेका छाउगोठको डाटा संकलन गर्छौं । महिनावारीका नाममा हुने विभेद अन्त्य गर्न सबैलाई घरमै सुरक्षित र सम्मानपूर्वक बस्न आग्रह गर्छौं,” अध्यक्ष साउदले भन्नुभयो । “यदि अटेर गरी छाउगोठ प्रथा कायम राखिए गाउँपालिकाबाट उपलब्ध हुने विभिन्न सेवा सुविधा तथा सहुलियतमा कडाइ गरिनेछ ।”
कार्यक्रममा सिउडी प्रहरी चौकीका प्रमुख रमेश कुमार नाथले छाउपडी प्रथा कानुनतः दण्डनीय अपराध भएको बताउनुभयो । उहाँले महिनावारीका नाममा महिलालाई छाउगोठमा बस्न बाध्य बनाएमा तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो ।
गाउँपालिका महिला सञ्जालका अध्यक्ष क्षेत्र खड्काले महिनावारीलाई लाज नभई प्राकृतिक प्रक्रिया रूपमा बुझ्न आवश्यक रहेको बताउँदै महिलामाथि हुने विभेद अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
वडा अध्यक्ष वीरबहादुर थापाले वडास्तरबाट छाउपडी अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र मर्यादित महिनावारी मैत्री वातावरण निर्माणमा सहकार्य गरिने बताउनुभयो ।
सम विकास नेपालका कार्यसमिति सदस्य वसन्ती बोहराले महिनावारी स्वास्थ्य सम्बन्धी सही जानकारी अभावकै कारण ग्रामीण क्षेत्रमा अझै विभेद कायम रहेको बताउँदै सचेतना अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरूले महिनावारीलाई प्राकृतिक प्रक्रिया भनेर स्वीकार गर्दै छाउपडी तथा विभेदजन्य परम्परा अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेको बताएका थिए ।
चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता
तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।
काठमाडौँमा उपचारका क्रममा चौरपाटीका युवा डिल्लीराज साउँदको मृत्यु
चौरपाटी गाउँपालिका–३ गगुडाका युवा डिल्लीराज साउँदको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ। साउँद दुई दिनअघि मात्रै मोटरसाइकलमार्फत लामो यात्रा
संगठन सुदृढीकरणमा जुट्यो नेकपा अछाम, गाउँ–गाउँमा एकता अभियान
तपेन्द्र कुँवर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अछामले पार्टी एकतालाई संगठन विस्तारसँग जोड्दै पालिकादेखि वडा तहसम्म संगठन सुदृढीकरण अभियानलाई

प्रतिकृया दिनुहोस