मेल्लेखमा एक टोलबाट अर्को टोल जान प्रतिवन्ध
जेठ २० अछाम
मेल्लेख गाउँपालिकाले एक टोलबाट अर्को टोल तथा एक वडाबाट अर्को वडा जान प्रतिवन्ध गरेको छ । मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर वोहराले आज मेल्लेख गाउँपालिका वासिमा अपिल जारी गर्दै गाउँपालिकामा ८ जना कोरोना भाईरसबाट संक्रमित भएका कारण सवैले यो विषम परिस्थितमा आ–आफ्नो ठाउँ तथा क्वारेन्टाईमा सुरक्षित बस्न आग्रह गर्नुभएको छ ।
यस्तै अर्को सूचना जारी नभए सम्मको लागि अत्याआवश्यक काम वाहेक सम्पूर्ण प्रशासनिक काम, वजार, निर्माण कार्य, ढूवानी तथा सवारी पूर्ण रुपमा शिल गरिएको गाउँपालिकाका अध्यक्ष वोहराले जानकारी दिनुभएको छ ।
यस्तै अनलाईन मार्फत फर्म भरेका जिल्ला वाहिर रहेका सम्पूर्ण व्यक्तिलाई गाउँपालिका आउनुभन्दा सुरक्षित रुपमा बस्नको लागि अपिलमा भनिएको छ । गाउँपालिका कोरोना भाईरसको उच्च जोखिममा रहेका कारण गाउँ फर्कनुभन्दा सुरक्षित रुपमा वस्न आग्रह गर्दै गाउँपालिका आवश्यक सहयोग गर्न तयार रहेको अपिलमा भनिएको छ ।
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
अछाम भाद्र २५ वल्र्ड भिजन इन्टरनेसनल नेपाल, वाक नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो
साँफेबगरमा महिला पैरवी समूहका लागि एकदिने कार्यशाला
साँफेबगर । करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त आयोजनामा सञ्चालित गरिमा
चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता
तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।

प्रतिकृया दिनुहोस