News & Events
गणतन्त्र दिवसको अवसरमा अछाममा ३ जनाको कैद मिनाहा


 गणतन्त्र दिवसको अवसर पारेर अछाममा पनि ३ जना कैदीको कैद मिहान गरेको छ  । ११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको ब्यक्तिलाई प्रत्येक बर्ष गणतन्त्र दिवसको अवसरमा सरकारले  कैद मिनाहा गर्ने गरेको छ । कैद मिनाह हुनेमा बहुविवाह मुद्धाको अभियोगमा जेल सजाए भोग्दै आएका साँफेबगर नगरपालिका वडा नं. ४ का प्रेम बहादुर बुढा, बहुविवाह मुद्धाको अभियोगका पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ कालिकास्थानका एशोदा शाहि र कर्तब्यजान अभयिोगका मंगलसेन नगरपालिका वडा नं. १ कुन्तिबण्डालीका टेके कामी रहेको जिल्ला कारागार अछामले जानकारी दिएको छ । बुढा दुई महिना अघि, शाही डेढ बर्ष अघि र कामी साढे आठ बर्ष अघि देखि जेल सजाए भोग्दै आएका थिए ।