News & Events
मदिरा सेवन गरी दलित माथि खडकाद्धारा निर्घात कुटपिट ।। घटना गुपचुपमै मिलाउने प्रयास

 

रेडियो जनप्रिय
बैशाख ३०, अछाम

चौरपाटी गाँउपालिका वडा नं. ५ लुंग्रा एक दलित नागरिकलाई निर्घात कुटपिट गरेको छ । शुक्रबार  लुंग्राका रुप बहादुर भूललाई सोहि वडा निवासी स्थानिय जय बहादुर खडका (दादा उपनाम) ले निर्घात कुटपिट गरेका हुन । दादाले शुक्रवार रुप बहादुरलाई ढुंग्रा प्रहार गरी गम्भीर घाईते बनाएको भूली श्रीमती डिक्रा भुलले  रेडियो जनप्रियलाई बताइन  । खडकाले भुललाई शुक्रवार गाँउ नजिकै काम छ भनि लिएको र मदिरा सेवन गरी कुटपिट गरेको भुलकी श्रीमती डिक्राले रुदै भनिन ।  घटना शुक्रबार भएपनि शनिवार बयालपाट हस्पीटलमा उपाचारका लागि लिएको अस्पतालले यहाँ सम्भव नभएको  र उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान भनेपछि घटना वाहिर आएको हो । दादा भनिने जय खडकाले भूलको मुखमा ढुंग्रा प्रहार गरेपछि  भूलको बंङ्ग्ररा  र दात भाच्चीएको छ । भूलकी श्रीमती डिक्राले दादा खडकालाई उपचार गरिदिन आग्रह गरेपनि उल्टै डिक्रालाई समेत हातपात गर्न खोजेको भुलले बताईन । भुलको वयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि  आर्थिक अभावका कारण घर ल्याएको उनकी श्रीामतीले रुदै बताईन । आफुसँग आर्थिक कमजोर  भएपछि श्रीमानको उपचारका लागि सबैलाई सहयोगको अपिल गरेकि छन  ।
 

Program Schedule
3:01  - 3:55 
“हजुर बाजेसंगको
3:16  - 00:00 
“हजुर बाजेसंगको
4:17  - 00:00 
“म्यूजिक योर