News & Events
महिला कामदारले समान ज्याला पाएनन्


तपेन्द्र कुँवर
  पौष २३, अछाम

विहानै सुर्य नउँदाउदै साँफेबगरको छिपेखोलामा गिट्टी कुट्न जाने मायादेवी थापा सुर्य अस्ताएपछि मात्रै घर फर्किन्छिन । पुसको कठ्याङरिदो चिसो र कडा मेहनतका साथ गिट्टी कुट्ने थापाको गिट्टी भने विक्रि हुँदैन । गिट्टीले बजार नपाउँदा थापा सस्तोमा गिट्टी बेच्न वाध्य भएकी छन् । महिलाले पुरुष सरह काम गर्दै आए पनि समान कामको समान ज्याला पाउन नसकेको उनले गुनासो गरिन् । सरकारले समान कामको बराबर ज्याला तोके पनि त्यो कार्यान्वयन नहुँदा ज्यालामै विभेद भइरहेको उनको छ ।
कम ज्याला दिनेलाई कारबाही गर्ने स्पष्ट कानुन नबनेका कारण कामदार महिलाले पुरुष सरह ज्याला पाउन नसकेको लक्ष्मीदेवि कार्कीले बताईन् । एकातिर पुरुष कामदारको तुलनामा ज्याला कम दिने र अर्कोतिर ज्याला चाँडै नदिने ठेकेदारको झुलाउने प्रवृत्तिका कारण दोहोरो मार खेप्न बाध्य रहेको उनले बताईन् । आफूले पुरुष सरह नै काम गर्दै आए पनि ज्याला भने कम पाउने गरेको गुनासो पोखिन । “हामीलाई पुरुषभन्दा पाँच सयदेखि छ सय रुपियाँ ज्याला कम दिने गरिन्छ ।” उनले भनिन–“एउटै काम गरेर पुरुषले दैनिक १ हजारका दरले ज्याला बुझ्दा हामी महिलालाई पाँच सयदेखि छ सय रुपियाँ दिइन्छ ।” गुजाराका लागि ज्यालादारी काममा महिलाको सहभागिता बढ्दै गएपनि उचित ज्यालको अभावमा समस्या भएको बताईन्
मजदुरी गर्दा पुरुष जतिकै काम गर्दै आए पनि उनीहरूको तुलनामा न्यून ज्याला पाउने गरेको साँफेबगरका रमिता कुमाल कुमालले बताईन् । “जति काम पुरुषले गरेका हुन्छन हामी पनि त्यति नै काम गर्ने गरेका छौं ।” उनले भनिन– “ज्यालामै विभेद हुँदा निकै समस्या भएको छ ।” महिला र पुरुष कामदारले समान कामको समान ज्याला पाउने व्यवस्था संविधानले नै गरेको बताइएको छ तर काम एउटै भए पनि महिला भएकै कारणले कामदार महिलाले कम ज्याला पाइरहेको महिला अधिकारकर्मीले पशुपति कुँवरले बताईन ।
ज्यालामा विभेद गर्नेलाई सजायको व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो । महिला र पुरुष श्रमिकबीचको ज्याला समान बनाउनका लागि ज्यालामा विभेद गर्नेलाई कडा कारबाही हुनुपर्ने कानुन बनाउन आवश्यक रहेको उनको भनाई छ । साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवरले समान कामको समान ज्यालको लागि पहल गर्ने बताए । उनले पुरुष झै महिलाहरुले पनि समान ज्यालको समान पैशा पाउनुपर्ने बताए । वुढीगंगाको किनारमा गिट्टी कुटेर जीविकोपार्जन गदै आएका महिलाहरुको अधिकारको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।