News & Events
एमाले अध्यक्ष कुवरलाई मातृशोक


रेडियो जनप्रिय अछाम
       नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेर बहादुर कुवरलाई मातृशोक परेको छ । पूर्व सभासद कुवरकी आमाको ९३ वर्षको उमेरमा निधन भएपछि कुवरलाई मातृशोक परेको हो ।

       आईतबार बेलुकी ६ बजे आफ्नी आमा बसुन्धरा कुवरको निधन भएको पूर्व सभासद कुवरले फेसबुक मार्फत जाँनकारी गराएका छन । कुवरकी आमाको निधनप्रति सामाजिक सञ्जालमा सम्पूर्ण शुभचिन्तकहरुले श्रदाञ्जली प्रकट गरेका छन । मृतक कुवरको सोमवार बुढिगंगा नदीमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।