News & Events
२ सय ६७ स्थानको मतपरिणाम सार्वजनिक, एमाले पहिला


काठमाण्डौ ८ जेठ
     पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाममा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीब्र प्रतिस्पर्धा कायमै छ । मतगणनाको शुरुमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणमा पुग्दा पनि उस्तै देखिएको छ । अहिलेसम्म घोषित २ सय ६७ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले एक सय ११४ स्थानमा जित हासिल गरेको छ । नेपाली काँंग्रेसले एक सय एक स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४६ स्थानमा जितेको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक–एक स्थानमा जीत हात पारेका छन् । त्यसैगरी तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

      मतगणना भईरहेका महानगर मध्ये एमाले तीन महानगरपालिकामा अगाडी छ । काठमान्डु महानगरको मेयरमा एमालेका उमेद्वार विद्यासुन्दर शाक्यले २३ हजार ९ सय २ मतका ल्याउँदै अग्रता कायम राख्नु भएको छ । नेपाली काँग्रेसका राजुराज जोशीको १६ हजार सात सय १७ मत छ । ९ हजार ६ सय ७ मतका साथ विवेकशिल नेपाली दलका रञ्जु दर्शना तेस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै ललितपुर महानगरमा नेपाली काँग्रेस अगाडी छ । मेयर पदमा काँग्रेसका उमेद्वार चिरीबाबु महर्जनले १७ हजार ५ सय ७६ मत पाउनु भएको छ । एमालेका हरिकृष्ण ब्यञ्जनकारको १६ हजार २ सय ४६ मत छ ।