News & Events
अछाममा हावाहुरीले १८ मतदान केन्द्र सहित ४७ बिद्यालयका छाना उडायो


रेडियो जनप्रिय अछाम ८ जेठ


बैसाख र जेठ महिनाको हालसम्म अछाम जिल्लाका १८ वटा मतदान केन्द्र रहेका बिद्यालय सहित ४७ वटा बिद्यालयमा हावाहुरीले क्षती गरेको छ । हावाहुरीका कारण अधिकाँश बिद्यालयको छाना उडाएको छ भने केही बिद्यालयका पर्खाल समेत भत्किएका छन । जिल्लाका सबै गाँउपालिका तथा नगरपालिकामा रहेका बिभिन्न बिद्यालयहरुको छाना हावाहुरीले उडाउदा बिद्यालयहरुमा पठनपाठन गर्न समस्या श्रृजना भएको छ । सबै ४७ वटै बिद्यालयमा गरि औसतमा ९ हजार ४ सय बिद्यार्थिहरु प्रत्यक्ष रुपमा प्रभावित भएको जनाईएको छ । हावाहुरीले क्षती भएका सबै बिद्यालयहरुको रिपोट र बिशेषतः मतदान केन्द्र रहेका बिद्यालयहरुलाई प्राथमिककता दिई बिभिन्न निकायहरुमा मर्मतका लागि अनुरोध गरिएको जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले जाँनकारी दिए ।

         वर्षेनी यो समयमा हावाहुरीले अछाममा बिद्यालयहरुलाई ठुलो क्षती गर्ने गरेको उनले बताए । हावाहुरीले क्षती भएका सबै ४७ वटै बिद्यालयहरुले क्षती माग दावी गरे अनुसार कुल ७१ लाख ९६ हजार ४ सय २० बराबरको क्षती भएको पाईएको छ । उक्त क्षतीको बिवरण बिद्यालयहरुले प्रहरी मुचुल्का सहित जिल्ला शिक्षा कार्यालय अछाममा माग दावी गरेको जिल्ला शिक्षा कार्यालय अछामका शाखा अधिकृत तथा सूचना अधिकारी हरिदत्त जोशीले बताए । सूचना अधिकारी जोशीले मर्मतका लागि प्रक्रिया अगि बढाईएको र केही दिन अगि जिल्ला स्थित सरोकारवालाको बैठक बोलाएर निर्णय गरि शिक्षा बिभाग, क्षत्रीय शिक्षा निर्देशनालय, अन्य संघ संस्था आदी ठाँउमा पत्र पठाइएको जाँनकारी दिए । बैठकवाटै शिक्षाको क्षेत्रमा अछाममा क्रियालि संस्था पिसविनले १४ वटा र वाक नेपालले ३ वटा बिद्यालय मर्मतको जिम्मा लिईसकेको उनले बताए । मतदान केन्द्र रहेका बिद्यालयलाई प्राथमिकता दिई सबै बिद्यालयको प्राविधिक स्टमेट तयार पार्ने कार्य भईरहेको भन्दै अन्य बिद्यालयको पनि छिट्टै प्रक्रिया अघि बढाईने कार्यालयका सव ईञ्जीनियर हेमराज जोशीले जाँनकारी दिए । अछाम जिल्लामा गत वर्ष १२८ बिद्यालयको छाना हावाहुरीले उडाएर क्षती गरेको थियो । बिद्यालयका छाना हावाहुरीले उडाँउदा बिद्याथिहरुलाई वर्षायाममा पठन पाठनमा समस्या हुने गरेको छ । बिद्यालयहरु बढिजसो बढि हावा लाग्ने ठाँउ र डाँडोमा हुने, अभिभावक र ब्यावस्थापन समितीहरुले खासै चासो नराख्ने र निर्माण गर्दा गुणस्तरलाई पनि खयल नगरिने जस्ता कारणले वर्षेनी जिल्लाका सयौं बिद्यालयहरुका छाना हावाहुरीले उडाएर नोक्सानी गर्ने गरेको छ ।