News & Events
बाघले बच्चा खायो ।।

बाघले बच्चा खायो ।।

२० असार, अछाम

अछाम जिल्लाको बयलपाटामा जंगली जनावर बाघले एक ११ महिने बालकलाई खाएको छ । साँफेबगर नगरपालिका वडा नं. १० कुमाल गाउँ स्थित नानासिम घर भएका भुपेन्द्र कुमालका ११ महिने छोरा आयुष कुमाललाई घरमा सुतेको बेला बाघले उठाएर लगेको हो । 
प्रहरीका अनुसार बिहान साढे दुई बजे घरका अरु परिवार ढोका खुल्ला राखेर सुतेको अवस्थामा बाघ घर भित्र पसेर बच्चालाई लगेको जनाईएको छ । बच्चालाई बाघले लगेर  बारीमा पछारेपछि घरका अन्य सदस्य र स्थानीय बिउझिएको ईलाका प्रहरी कार्यालय बयलपाटाका प्रहरी सहायक निरीक्षक (सई) गणेश कुँवरले जानकारी दिए । कुँवरका अनुसार स्थानीय बिउझिएर बाहिर आउँदा बाघले बच्चालाई लगेर गईसकेको थियो । घटना पछि कुँवरको नेतृत्वमा प्रहरी टोली त्यहाँ गएपनि बच्चालाई भेट्टाँउन नसकिएको जनाईएको छ ।
 
यसैविच ः जिल्ला बन कार्यालयले भने घटनालाई गम्भिरतापूर्वक नलिएको कुवरले बताए । पिडीत परिवारले पनि जिल्ला बन कार्यालयले घटनालाई गम्भिरता पूर्वक नलिएको गुनासो गरेका छन् । घटना भएको १० घण्टा सम्म पनि जिल्ला बन कर्यालयको प्रतिनिधि त्यहाँ नपुगेको प्रति बालककी आमा जानकी कुमालले दुखेसो गरिन ।  
यता जिल्ला बन कार्यालयले भने बच्चालाई बाघले लगेको कुनै प्रमाण नभएकाले अहिले नै बाघले लगेको भन्न नमिल्ने जनाएको छ ।