News & Events
प्रेस चौतारी अछामद्धारा बधाई ज्ञापन
 

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको बैठक सम्पन्न भएको छ । जिल्ला शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको बैठकले संगठनको आठौं महाँदिवेशनवाट अछाम प्रतिनिधी एकीन्द्र कुमार कुवर र अछाम घर भई देशका अन्य ठाँउमा पत्रकारतिा गरिरहेका केन्द्रिय उपाध्यक्ष नरेन्द्र साउद, सचिव हेमकर्ण बिक र सदस्य लोगसरी कुवर लगायत केन्द्रिय अध्यक्ष गणेश बस्नेत र सबै निर्विरोध निर्वाचित कमिटीलाई हार्दिक बधाई एवम कार्यकालको सफलताको कामना ब्याक्त गरेको छ ।बैठकमा एमालेका जिल्ला अध्यक्ष एवम पूर्व सभासद शेर बहादुर कुवर, बैकल्पिक जिल्ला सदस्य नमराज न्यौपाने, लगायत प्रेस चौतारीमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । बैठकको सञ्चालन संगठनका सह सचिव जगत जयगडीले गर्नुभयको थियो ।