News & Events
बदेलको आक्रमणवाट ३ घाईते रेडियो जनप्रिय अछाम ३ असार

बदेलको आक्रमणवाट ३ घाईते

रेडियो जनप्रिय  अछाम ३ असार 

अछाम जिल्लामा बदेलको आक्रमण बाट तिनजना गम्भिर घाईते भएका छन । घाईते हुनेमा मंगलसेन नगरपालिका वार्ड नम्बर १० का ६० बर्षिया मान बहादुर बाग्पाल, सोहि वाडाका २६ बर्षिया बम बहादुर रावल र कन्चनपुर गुलरियाका ४८ बर्षिया पल्टुराम चौधरी घाईते भएका छन । 

घाईते चौधरी मिस्त्रिकामको लागि अछाम आयका हुन । गम्भिर घाईते मान बहादुर बाग्पाल र पल्टुराम चौधर दुई जनालाई लाई जिल्ला अस्पलाल मंगलसेन बाटा बयालपाटा अस्पताल रिफर गरियको जिल्ला अस्पताल अछामले जनायको छ । 
गाउमा बदेल आयर मंगलसेन १० का प्रमे रावल को गोठ छानोमा बाधेको रागोलाई घाईते बनायपछि बदेललाई लखेटने क्रममा बदेलले आक्रमण गरेर मानिसलाई घाईते बनाएको स्थानिय बासि नेत्र रावलले  बतायका छन ।
गाउलेको आक्रमणबाट घाईते बदेल समेत मरेको छ । सोहि ठाउमा जिल्ला बन कार्यालय अछामको टोलि गई सकेको अछामका प्रहरी प्रमुख निरंञ्जन दत्त भट्ट ले बताए ।