News & Events
नगर स्तरीय अन्तरपार्टि महिला संजालको अध्यक्षमा केसी चयन

नगर स्तरीय अन्तरपार्टि महिला संजालको अध्यक्षमा केसी चयन

३ असार, अछाम

मंगलसेन नगरस्तरीय अन्तरपार्टि महिला संजालको अध्यक्षमा अनेमसंघ मंगलसेन नगर कमिटी अध्यक्ष भावना केसी सर्वसम्मत चयन हुनु भएको छ । जिल्ला अन्तर पार्टि महिला संजालका अध्यक्ष सरस्वती रावलको अध्यक्षतामा भएको एक भेलाले १३ सदस्यीय संजालको गठन गरेको छ । जसको उपाध्यक्षमा राप्रपाकी सरिता विष्ट, सचिवमा नेकपा माओवादी केन्द्रकी जयन्ती वोगटी, कोषाध्यक्षमा नेपाली काँग्रेसकी छलु भण्डारी लगाएतका पदाधिकारी रहेका छन । कार्यक्रममा नेपालको संविधानमा महिला अधिकारका विषयमा समेत छलफल भएको अध्यक्ष केसीले वताउनु भयो । कार्यक्रममा महिला नेतृ अमृता वुढा, मिना साँउद, जिल्ला महिला संजालका संस्थापक अध्यक्ष सरिता उपाध्याय, सदस्य लाली रावलले मन्तव्य राख्नु भएको थियो । संजालका सचिव अम्बिका चलाउनले संचालन गरेको कार्यक्रमा सदस्यहरु विन्दु रावल, सुनिता साँउद लगाएतको उपस्थिती रहेको थियो ।