News & Events
कर तिरेर देश विकासमा अग्रसर गरौँ ः डिकर देव भट्ट
कालु बोहरा 

१ फागुन अछाम

कर तिरेर देश विकासमा अग्रसर  गरौँ ः डिकर देव भट्ट

आन्तरीक व्यवशाय जती वृद्धि हुदै जान्छ त्यती नै देशको विकास हुने भएकाले सवैले कर तिरेर देश विकासमा अग्रसर हुन आन्तरीक राजस्व कार्यालयका प्रमुख डिकर देव भट्टले आग्रह गर्नु भएको छ । कर तिरौ समृद्ध राष्ट निर्माणमा सहभागी वनौ भन्ने मुल नाराका साथ एक दिने करदाता शिक्षा सम्वन्धी अन्र्तक्रिया कार्यक्रमको प्रमुख अथितीको आसन वाट वोल्दै उहाँले यस्तो वताउनु भएको हो । नेपाल घरेलु तथा साना उद्योग माहासंघका जिल्ला अध्यक्ष वम वहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरीक राजस्व भन्सार अधिकृत हरी प्रसाद पाण्डे, आन्तरीक राजस्व कर अधिकृत भिम प्रसाद आचार्य, शिवराज जोसी, घरेलु तथा साना उद्योग विकास समिती अछामका प्रमुख रामचन्द्र सुवेदी, जिल्ला स्थित उद्योगी व्यवशायी लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो  । नेपाल घरेलु तथा साना उद्योग माहासंघ जिल्ला शाखा अछामको आयोजना र आन्तरीक राजस्व कार्यालय कैलालीको सहयोग तथा सहजीकरणमा सम्पन्न भएको हो । नेपाल घरेलु तथा साना उद्योग माहासंघका सदस्य टिकेन्द्र भण्डारीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन सचिव नवराज न्यौपानेले गर्नु भएको थियो ।