News & Events
शैक्षिक क्षेत्रको सुधारका लागि जिल्लामा अन्तक्र्रिया गरिदै ।।


 मसिर २३ अछाम
शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समिती अछामको बैठक सम्पन्न भएको छ । जिल्ला सँयोजक केशव रावलको अध्यक्षतामा बसेको बैठकले नोभेम्बर १६ अर्थात पौष १ गते अछाम सदरमुकाम मगलसेनमा शैक्षिक क्षेत्रको सुधारका लागि सरोकारवाला सँग छलफल गोष्ठिको आयोजना गर्ने निर्णय गरेको छ । शैक्षिक क्षेत्रको सुधारका लागि राष्ट्रिय रणनिति बने पनि कार्यान्वयनको अबस्था के छ, यसका चुनौती, आगामि दिनमा कसरी सुधार गर्ने सकिन्छ भन्ने विषयमा छलफल गरिने भएको छ । छलफलमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी, शिक्षाको क्षेत्रमा काम गर्ने सँघ सस्थाका प्रतिनिधी, शिक्षक सँघ सँगठनका प्रतिनधी, शिक्षक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सञ्चारकर्मिको सहभागिता रहने सँयोजक रावलले बताउनु भयो । शैक्षिक क्षेत्रको छलफल पछि थप जिल्लाका हलियाको अबस्था, एचआईभि सक्रमित घरपरिवार र वालवालिकाको अबस्था के छ भन्ने बिषयमा समेत अन्तक्र्रिया गरिने समितीका सदस्य सचिव एँव पिसविन अछामका परियोजना अधिकृत तपेन्द्र वलिले बताउनु भयो । बैठकमा समितीका सम्पुर्ण सदस्यको उपस्थिती रहेको थियो ।