News & Events
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलसेनमा देउडागीत प्रतियोगीता


रेडियो जनप्रिय
मंसिर,२३ अछाम
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज सदरमुकाम मंगलसेनको खुल्ला मञ्चमा देउडागीत प्रतियोगीता सम्पन्न भएको छ । मंगलसेन महिला बहुउद्देश्यि सहकारी संस्था लिमिटेडको आयोजना तथा महिला तथा बालवालिका कार्यालय र UNFPA को सहकार्यमा प्रतियोगीता गरिएको हो । सहकारीका अध्यक्ष पूर्णा शाहको अध्यक्षतामा भएको प्रतियोगितामा जुनेली महिला समुह प्रथम, शिवशक्ति महिला समुह द्धृतिय, षोडशाा महिला समुह तृतिय, एकल महिला समुह, पानीमुल महिला समुह र त्रिवेणिा महिला समुह शान्त्वना भएका छन । बिजेता महिला समुहलाई भोलि पुरस्कार बितरण गरिने जनाईएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश महता, नारी चेतना केन्द्रका अध्यक्ष मना भण्डारी लगायतका अतिथीले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा महिला तथा बालवालिका कार्यालयका महिला विकास अधिकृत भगवति अर्याल, लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका ब्यावस्थापक पार्वती बोहराले गर्नुभएको थियो । यस्तै महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज अछामको कमल बजारमा विभीन्न कार्यक्रमको आयोजनागरि मनाईएको छ । प्राथामीक स्वास्थ्य केन्द्र कमल बजार र ईलाका प्रहरी कार्यालय कमल बजारको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । बजारमा र्याली सहित परिक्रमा गर्दै कोणसभा गरिएको थियो । कार्यक्रममा पूर्व सांसद राम बहादुर बिष्ट प्रमुख अतिथी रहनु भएको थियो कार्यक्रममा बोल्दै पूर्व सांसद बिष्टले पछिल्लो समयमा महिला हिंसाका मुद्धाहरु दर्ता हुने प्रक्रिया बढेकोमा खुसि ब्यक्तगर्दै महिला हिंसा न्यूकिनरणका लागी सबै क्षेत्र बाट सकारात्मक सहयोग हुनुपर्ने बताउनु भएको छ । कार्यक्रममा राष्टिय सहकारी संघका केन्द्रिय सदस्य रत्ना खडका, नेपाली काग्रेसका महाधिबेशन प्रतिनीधी बल बहादुर कँुवर, महिला संघका क्षेत्रीय सभापती भूमीसरा बजागाई लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संञ्चालन ईलाका प्रहरी कार्यालयका शंकर कार्कीले गर्नु भएको थियो । कार्यक्रममा त्यस क्षेत्रका महिला तथा अन्य सरोकारवालाको सहभागीता रहेको थियो ।