News & Events
आर्थिक वर्ष २०७२÷०७३ को मंसिर २२ गते सम्म जिल्लामा ४३ मुद्धा दर्ता,, २९ मुद्धा फछर्यौट १४ वाँकी ।।


कालु बोहरा
मंसिर २२,अछाम
आर्थिक वर्ष २०७२÷०७३ को मंसिर २२ गते सम्म जिल्ला अदालत अछाममा विभिन्न प्रकृतिका ४३ ओटा मुद्धा दर्ता भएका छन । कर्तव्य ज्यान सम्वन्धी ४, मानव वेचविखन तथा ओसारपसरमा १, कर्तव्य ज्यान उद्योगमा १, सवारी ज्यानमा १, जवरजस्ती करणीमा २, जवरजस्ती करणीमा उद्योगमा ३, जातिय भेदवाभ तथा छुवाछुतमा १, खोटा चलन १, वहुविाह १, चोरी १, घरेलु हिंसा २, गालि वेईज्जती ३, मानाचामल १, सम्वन्ध विच्छेद १, सम्वन्ध विच्छेद अंस २, अंश ११, जग्गा खिचौला २, घर टहरा उठाई पाउँ १, लेनदेन १ र निर्णय वदर १ गरी ४३ ओटा मुद्धा दर्ता भएका छन । जस मध्य कर्तव्य ज्यान सम्वन्धी ३, जवरजस्ती करणी उद्योगमा ३, घरेलु हिंसा २, अंश १०, घरेलु हिंसा २ लगाएत २९ मुद्धा फछर्यौट भएको जिल्ला अदालत अछामले जनाएको छ । यस्तै विभिन्न प्रकृतिका १४ ओटा मुद्धा फछर्याैट गर्न वाँकी रहेको र वाँकी रहेका मुद्धाहरु पनी तत्काल फछर्याैट गर्ने जिल्ला स्थित संचारकर्मि संगको भेटघाट कार्यक्रममा जिल्ला अदालत अछामका श्रेस्तेदार नेत्र वहादुर माझीले जानकारी दिनु भयो । २ बर्ष देखि हाल सम्मका बकेवताहरु यहि आर्थिक बर्षको अन्यसम्म फरच्यूट हुने र जिल्लामा आएका मुद्धा १५ दिनमा फैसला हुने ु जिल्ला न्यायधिश हरि प्रसाद शर्मा उपाध्याय पंगेनिले बताउनु भयो ।