News & Events
गम्भिर घाईते अवस्थामा भेटिएकी युवतीको मृत्यू ।।


ललित केसी
मंसिर २२,अछाम
 सोमबार राती पौने २ वजे गम्भिर घाईते अवस्थामा भेटिएकी साँफेवगर नगरपालिका वडा नं १२ जमालगाउ निवासी भिम वहादुर कुँवरकी २० वर्षिया छोरी कमला कुँवरको मंगलबार विहान ३ वजे मृत्यू भएको छ । हिजो विहान औषधी उपचारका लागी वडालगडा अस्पताल गएकी कुवँर लाई राती पौने २ वजे जनता वहुमुखी क्याम्पस वयालपाट नजिकै साँफेवगर मंगलसेन सडक खण्डमा गम्भिर घाईते अवस्थामा देखे पछी से १ ज ५२० नं जिपका चालक दिर्ग ठकुल्लाले ईलाका प्रहरी कार्यालय वयालपाटालाई जानकारी गराएका थिए । चालक ठकुल्ला आफ्नै गाडिमा विरामी लिएर वयलगडा अस्पताल जादै गर्दा उनलाई वाटोमा घाईते अवस्थामा देखेका थिए । उनको टाउकोमा चोटपटक लागेको प्रहरीले जनाएको छ । जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय वयालपाटाका ईन्चार्ज सई गणेश वहादु कुँवरको नेतृत्वमा गएकोे प्रहरीको टोलीले उपचारका लागी वयालपाटा अस्पताल लगिएको थियो । वयलपाटा अस्पतालमा उपचारको क्रममा आज विहान ३ वजे ज्यान गएको ईलाका प्रहरी कार्यालय वयालपाटाले जनाएको छ । मृतकको शव मंगलबार जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी आफन्तले वुझिलिएको र घट्ना के कसरी भएको हो । भन्ने वारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दिलिप सिंह देउवाले जानकारी दिनु भयो ।