News & Events
बालवालिकाहरुको क्षमता अभिबृद्धि तालिम पायल गाविसमा सम्पन्न

मंसिर१८,अछाम
बालवालिकाहरुको क्षमता अभिबृद्धि सम्वन्धि २ दिने तालिम पायल गाविसमा सम्पन्न भएको छ । गाविस सचिव एबं अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको तालिममा गाविस स्तरको सुनौलो बालक्लवका २६ जना बालवालिकाहरुको सहभागिता रहेको थियो । तालिमवाटै बालक्लवको एक वर्षे वार्षिक कार्ययोजना निर्माण गरिएको छ । यस्तै तालिमकै अवसरमा प्रत्यक महिनाको दोस्रो शनिवार क्लवको बैठक बस्ने, गरिव, टुहुरा, असहायलाई सहयोग गर्ने र तालिम दिने, खेलकुद सञ्चालन गर्ने, सरसफाई कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय पनि गरीएको छ । तालिमको सहजिकरण गाविस सहजकर्ता सरस्वती धामी र बैजनाथ उचच माविका प्राचार्य दिप बहादुर कुवरले गर्नुभएको थियो ।