News & Events
१२ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस अछाममा

 १२ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस अछाममा पनि कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा यस वर्षको नारा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समानको लागि टेवा भन्ने तय गरिएको थियो । देशभरका गाविस र नगरिपालिकामा गरी झण्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले जनाएको छ । ४७ जिल्लाका हरेक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले जनाएको छ । यस्तै अजनसंख्याको आधारमा २८ जिल्लामा थप स्वयंसेविका रहेका छन् । कूल प्रजनन दर, बाल मृत्यु दर र मातृमृत्यु दर घटाउने राष्ट्रिय लक्ष्य प्राप्त गर्न स्वास्थ्य स्वयंसेविका कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्रुयाएको योगदान बारे छलफल गर्दैजिलला स्वास्थ्य कार्यालय अछाममा पनि स्वंसेवीका लाई सम्मान गरीएको छ । साविकको मंगलसेन गाविसमा रहेका १८ जना महीला स्वास्थ्य स्वंसेवीकालाई अविर र खादाले सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । अछाम जिलला अस्पताल विकास समितीका अध्यक्ष बृख बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अस्पताल अछामका प्रमुख डा शरदचन्द्र बराल, अस्पतालका अन्य कर्मचारी, महीला स्वास्थ्य स्वंसेवीका लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बोगटीले साविकको मंगलसेन गाविसका स्वंसेवीकालाई एक एक सेट मोवाईल फोन उपलब्ध गराँउने प्रतिबद्धता ब्याक्त गर्नुभयो । अव छिट्टै अस्पताल विकास समितीको बैठक बसाई त्यसवारे निर्णय गरी उपलब्ध गराँउने उहाँले बताँउनुभयो । कार्यक्रममा महिला स्वास्थ्य स्वंसेवीकाको तर्फवाट मंगला बिकले मन्तब्य राखनुभएको थियो । जनस्वास्थ्य निरीक्षक प्रभुनाथ देवकोटाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन भवान सिंह कुवरले गर्नुभएको थियो । कार्यक्रम सकिएपछि अस्पतालका प्रमुख डा. शरदचन्द्र बरालले स्वंसेवीकासंग छलफल पनि गर्नुभएको थियो । छलफलका क्रममा उनिहरुले बिभिन्न कार्यक्रमहरुमा आफुहरुको सहभागिता हुनुपर्ने, एनजिओ र सरोकार राख्ने निकायसंग भत्ताको लागि पहल गरीदिनुपर्ने आग्रह गरेको डा. बरालले बताँउनुभयो । अछाम जिल्लाका ३ वटा नगरपालिका र ५६ वटा गाविसका प्रत्ययेक वडामा गरी ९४१ जना महीला स्वास्थ्य स्वंसेवीकाहरुले निस्वार्थ रुपमा सेवा दिईरहेका छन । आज जिल्लाभरीका प्रत्ययक स्वास्थ्य संस्थाहरुमा बिभिन्न कार्यक्रम गरी दिवस मनाईएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।